१ हजार बच्चाका बाबु : जोनाथन ज्याकव
सारांश
- नेदरल्याण्ड्सका जोनाथन ज्याकव मिजेरले हजारौं बच्चालाई स्पर्म डोनेट गरेको खुलासा भएको छ।
- जोनाथनले नियम उल्लंघन गर्दै विदेशमा समेत शुक्रकीट पठाएर झन्डै १००० बच्चाको जन्ममा योगदान दिए।
- यस घटनाले फर्टिलिटी सिस्टममा पारदर्शिताको कमी र यसका गम्भीर सामाजिक असरहरू उजागर गरेको छ।
अमस्टर्डम । सन्तान प्राप्तिको खुसी संसारकै सबैभन्दा ठूलो सुख मानिन्छ, तर त्यही खुसीभित्र कुनै भयानक सत्य लुकेको छ भने त्यसले मानिसलाई भित्रैदेखि हल्लाइदिन्छ। यस्तै एउटा घटनाले यतिबेला विश्वभरका कानुन र नैतिकतामाथि ठूलो प्रश्नचिह्न खडा गरिदिएको छ।
यो कथा नेदरल्याण्ड्सका जोनाथन ज्याकव मिजेरको हो, जसलाई अचेल १००० बच्चाका पिता भनेर चिनिन थालिएको छ। उनको यही विवादास्पद जीवनमा आधारित नेटफ्लिक्सको डकुमेन्ट्रीले अहिले मानिसहरूलाई स्तब्ध बनाएको छ।
जोनाथन विगत १७ वर्षदेखि शुक्रकीट दाता (स्पर्म डोनर) का रूपमा सक्रिय थिए। सुरुमा उनले फर्टिलिटी क्लिनिकहरू मार्फत शुक्रकीट दान गरे पनि पछि सिधै परिवारहरूसँग सम्पर्क बढाउन थाले।
धेरैजसो अवस्थामा यो प्रक्रिया पूर्णतया गोप्य राखिएको थियो। नेदरल्याण्ड्सको नियमअनुसार एक व्यक्तिले अधिकतम २५ जना बच्चाका लागि मात्र शुक्रकीट दान गर्न पाउने प्रावधान भए पनि उनले देश भित्रै १०० भन्दा बढी बच्चाको जन्ममा भूमिका खेलेका थिए।
सन् २०१७ मा डच अदालतले जोनाथनमाथि शुक्रकीट दान गर्न रोक लगाएपछि यो मामला पहिलो पटक सार्वजनिक भएको थियो। अदालतले उनको गतिविधि तोकिएको सीमाभन्दा निकै बाहिर गएको निष्कर्ष निकालेको थियो।
तर अचम्मको कुरा के छ भने, अदालतको रोकका बाबजुद उनले विदेशमा आफ्नो शुक्रकीट पठाउन बन्द गरेनन्। सन् २०२३ मा पुनः यो रहस्य खुल्यो कि उनले विश्वभरका सयौँ परिवारसँग सम्पर्क गरी करिब १००० बच्चाको जन्ममा योगदान दिइसकेका छन्।
यस प्रकरणको सबैभन्दा गम्भीर पक्ष धोकाधडी हो। धेरै महिला र परिवारहरूले जोनाथनले आफूहरूसँग सत्य लुकाएको आरोप लगाएका छन्। उनले ती परिवारलाई आफूले सीमित संख्यामा मात्र डोनेसन गरेको बताएका थिए, तर वास्तविकतामा यो संख्या सयौँ थियो।
सत्य थाहा पाएपछि धेरै महिलाहरूले आफू ठगिएको र मानसिक रूपमा विक्षिप्त भएको बताएका छन्। विशेषज्ञहरूका अनुसार यति ठूलो स्तरमा एउटै दाताका बच्चाहरू हुँदा भविष्यमा गम्भीर सामाजिक र जैविक समस्याहरू आउन सक्छन्। विशेषगरी ती बच्चाहरू अनजानमा एकअर्काको सम्पर्कमा आउने र हाडनाता सम्बन्धका जटिलताहरू निम्तिने खतरा देखिएको छ।
जोनाथनले भने आफूमाथि लागेका आरोपहरूको खण्डन गर्दै आफूले मानिसहरूलाई सहयोग मात्र गरेको दाबी गर्दै आएका छन्। उनले नेटफ्लिक्सको डकुमेन्ट्रीले आफ्नो नकारात्मक पक्षलाई मात्र बढी उछालेको आरोप लगाएका छन्।
हाल अदालतले उनलाई शुक्रकीट दान गर्न पूर्ण प्रतिबन्ध लगाउनुका साथै नियम उल्लङ्घन गरेमा भारी जरिवाना हुने फैसला सुनाएको छ। यो घटनाले फर्टिलिटी सिस्टममा रहेको पारदर्शिताको अभावले मानिसको जिन्दगीमा कस्तो गहिरो प्रभाव पार्न सक्छ भन्ने कुरालाई उजागर गरिदिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण