देश, लोकतन्त्र र संविधानका लागि नयाँ जनमत उपयोग हुन सकोस् : पूर्वराष्ट्रपति यादव
काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले हालैको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट प्राप्त दुई तिहाइ नजिकको जनमतलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गणतन्त्र, संविधान र सङ्घीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्ने बताएका छन् ।
नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष विपुल पोखरेलद्वारा लिखित ‘सङ्कल्पन’ पुस्तकको मंगलबार लोकार्पण गर्दै उनले जेनजी युवाहरूको आन्दोलन, परिवर्तन र निर्वाचनको परिणामलाई सबैले स्वीकार गर्नुपर्ने र रास्वपाले त्यसलाई देश बनाउन सदुपयोग गर्न सक्नुपर्नेमा जोड दिए ।
“वि.सं. २०१५ मा पनि नेपाली काँग्रेसले दुई तिहाइ ल्याएर विपी कोइराला प्रधानमन्त्री हुनुभएको थियो । त्यसले पूरा समय काम गर्न पाएन । हालको जनमत त्यसरी खेर नजाओस्”, पूर्वराष्ट्रपति डा यादवले भन्नुभयो, “देश, संविधान, लोकतन्त्र, सङ्घीयता, धर्म निरपेक्ष, समावेशीता सबै बचोस् । संविधानको पालनाको काम होस्, तर आगामी निर्वाचनमा प्रतिपक्ष नरहने गरी आफू मात्रै जित्नुपर्छ भन्ने सोच कसैले राख्नुहुँदैन । प्रतिपक्षविना लोकतान्त्रिक प्रणाली बलियो हुनसक्दैन ।”
कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा बहुमत प्राप्त पार्टीले देशको निर्माणको नेतृत्व लिनुपर्ने र त्यसमा अरु सबै पार्टी र नागरिकले आ–आफ्नो जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिए । मुलुकमा विसं २०७४ यता ‘कारोबारी राजनीति’ र गठबन्धनको संस्कार चलिरहेकामा पछिल्लो जनमतले त्यसमा ‘ब्रेक’ लगाएको उल्लेख गर्दै उहाँले अब विगतका गल्ती नदोहोर्याउँदै मुलुक अगाडि बढ्नुपर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण