लेभरकुसेनमाथि सहज जित निकाल्दै आर्सनल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
सारांश
- च्याम्पियन्स लिगमा आर्सनलले बायर लेभरकुसेनलाई २-० गोलले हरायो।
- आर्सनलले समग्रमा ३-१ को नतिजा सहित क्वाटरफाइनलमा स्थान पक्का गर्यो।
- एबेरेची एजे र डिक्लान राइसले आर्सनलका लागि गोल गरे।
काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत राउण्ड अफ १६ को दोस्रो लेगमा इंग्लिस क्लब आर्सनलले बायर लेभरकुसेनलाई २–० गोल अन्तरले पराजित गरेको छ । यो जितसँगै आर्सनलले समग्रमा ३–१ को नतिजा निकाल्दै प्रतियोगिताको अन्तिम ८ (क्वाटरफाइनल) मा आफ्नो स्थान पक्का गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा आर्सनलले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरेको थियो । खेलको ३६ औँ मिनेटमा एबेरेची एजेले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफ १–० मा सकिएको खेलमा आर्सनलले दोस्रो हाफमा पनि आफ्नो लयलाई निरन्तरता दियो ।
खेलको ६३ औँ मिनेटमा डिक्लान राइसले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए । बाँकी समयमा लेभरकुसेनले गोल फर्काउने केही प्रयास गरे पनि सफल हुन सकेन र खेल आर्सनलले २–० ले आफ्नो पक्षमा पार्यो ।
पहिलो लेगमा कडा टक्कर दिएको लेभरकुसेन दोस्रो लेगमा भने आर्सनलको रक्षापङ्क्ति तोड्न असफल रह्यो । समग्रमा ३–१ को जित निकाल्दै आर्सनल अघिल्लो चरण प्रवेश गर्दा लेभरकुसेन भने प्रतियोगिताबाट बाहिरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
-
काठमाडौँ उपत्यकासहित ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
-
सवारी चालक अनुमतिपत्र प्राप्त गर्न इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण