टिकटकर र रिल्स प्रयोगकर्ताको रोजाइमा पर्यो स्वस्तिमा र समाइराको गीत ‘मायालाई के दिऊँ म बैना’
सारांश
- फिल्म 'लालीबजार'को गीत 'मायालाई के दिऊँ म बैना' युट्युबमा १७ लाख बढीले हेरिसकेका छन्।
- गीतमा अभिनेत्री स्वस्तिमा खड्का र बालकलाकार समाइरा थापाको नृत्यलाई दर्शकले रुचाएका छन्।
- गीतको कोरियोग्राफी प्रदीप लामाले गरेका हुन् भने स्वर दीपिका बयाम्बु मगर र खेम सेन्चुरीको रहेको छ।
काठमाडौँ । फिल्म ‘लालीबजार’ गीत ‘मायालाई के दिऊँ म बैना’ लाई दर्शकले रुचाएका छन् । केही दिन अघि सार्वजनिक गीतलाई समाचार तयार गर्दासम्म १७ लाख बढीले युट्युबमा हेरिसकेका छन् । गीतले लोकप्रियता पाएसँगै टिकटक र रिल्समा यो गीत अझै लोकप्रिय भएको छ ।
गीतमा अभिनेत्री स्वस्तिमा खड्का र बालकलाकार समाइरा थापाले गरेको नृत्य छ । उनीहरूले गीतमा गरेको स्टेपलाई अहिले टिकटक भिडिओ, फेसबुक रिल्समा हुबहु नृत्य गर्ने र भिडिओ बनाउने प्रयोगकर्ता बढेका छन् । ती सञ्जालमा एक्टिभ रहेका प्रयोगकर्तासँगै कन्टेन्ट क्रिएटरको रोजाइमा समेत ‘मायालाई के दिऊँ म बैना’ परिरहेको छ ।
टिकटकमा हजारौं भिडिओ बनेका छन् । गीतमा गायक र गायिकाको आवाजको खुलेर तारिफ गरेका छन् । उनीहरूले फिल्ममा लोकभाकाको प्रयोग गरिएको भन्दै निर्माण समूहलाई धन्यवाद पनि दिएका छन् ।
अभिनेत्री खड्काले उक्त गीत निर्माणको विषयमा कुराकानी गर्दै गीतको तयारी दृश्यकै छायाङ्कनको बिच बीचमा गरिएको बताइन । उनले भनिन्, ‘हामीले दृश्य छायाङ्कन गर्दा बचेको समयमा नृत्यको प्राक्टिस गर्थ्यौ । हाम्री बालकलाकार समाइराले गज्जब नृत्य गरेकी छिन्, उनको कामले पनि मलाई प्रेरणा मिल्थ्यो । यी सानी नानीले गज्जब गरेकी छिन् ।’
गीतलाई प्रदीप लामाले कोरियोग्राफी गरेका छन् । गीतमा दीपिका बयाम्बु मगर र खेम सेन्चुरीको स्वर रहेको छ। साथै, सङ्गीत खेम सेन्चुरीकै रहेको छ भने शब्द रमेश बिजीले लेखेका हुन् । गायिका दीपिकाले यसअघि गाएको ‘कश्मिरे पछ्यौरी दार्जलिङको रेल’ गीत दर्शकमाझ निकै लोकप्रिय बनेको थियो ।
फिल्म वैशाख १८ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी,प्रदीप ढकाल, जेवी रुवाली, हारुन अली, भूमिका थारु, सागर घिमिरे, झकेन बिसी, कुन्टल लगायतको अभिनय रहेको छ ।
फिल्मको निर्देशन यम थापाले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण