पीएम कप क्रिकेट : सन्दीप लामिछानेको कप्तानीमा बागमती प्रदेशको टोली घोषणा
सारांश
- बागमती प्रदेश क्रिकेट संघले प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि टोली घोषणा गरेको छ।
- टोलीको कप्तानमा सन्दीप लामिछाने रहेका छन्, जसमा १५ सदस्य र ५ वैकल्पिक खेलाडी छन्।
- कलाम अली र रिकेश लामालाई प्रशिक्षक तथा रमन श्रेष्ठलाई व्यवस्थापकको जिम्मेवारी दिइएको छ।
ललितपुर । प्रधानमन्त्री (पीएम) कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेश क्रिकेट संघले आफ्नो टोली घोषणा गरेको छ।
संघले राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली र ५ जना वैकल्पिक (रिजर्भ) खेलाडीको नाम सार्वजनिक गरेको हो।
बागमती प्रदेश क्रिकेट संघका सचिव प्रशन्न शाक्यद्वारा जारी प्रेस विज्ञप्तिअनुसार छनोट भएका १५ सदस्यीय टोलीमा सन्दीपसँगै इशान पाण्डे, आशुतोष घिरैया, उत्तम थापामगर, शिवम तिवारी, विवेक रानामगर र दयानन्द मण्डल रहेका छन्।
त्यसैगरी, रिजन ढकाल, सुभाष खत्री, सोनु देवकोटा, सचिन लेखक, रिन्जिन लामा, पवनबहादुर थापा, प्रतिश जि.सी. र शुभ कंसाकार पनि मुख्य टोलीमा अटाएका छन्।
संघले ५ जना खेलाडीलाई वैकल्पिक (रिजर्भ) सूचीमा राखेको छ। वैकल्पिक खेलाडीको सूचीमा रित गौतम, सूर्य तामाङ, दिपेश श्रेष्ठ, आदिल खान र अविनाश बस्याल रहेका छन्।
टोलीको प्रशिक्षकको जिम्मेवारी कलाम अली र रिकेश लामालाई दिइएको छ भने व्यवस्थापकमा रमन श्रेष्ठ चयन भएका छन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण