राष्ट्रिय महिला लिगमा संकटा एफसीले विजयी
बुधबार, ०४ चैत २०८२, १३ : ३८
सारांश
- सहिद स्मारक राष्ट्रिय महिला लिगमा संकटा एफसीले विजयी सुरुवात गर्यो।
- उद्घाटन खेलमा संकटाले न्युरोड टिमलाई ४-० गोलले पराजित गर्यो।
- अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा लिग वैशाख १२ गतेसम्म चल्नेछ।
काठमाडौँ । काठमाडौँमा सुरु सहिद स्मारक राष्ट्रिय महिला लिगमा संकटा एफसीले विजयी सुरुवात गरेको छ ।
ललितपुरस्थित च्यासल मैदानमा बुधबार भएको उद्घाटन खेलमा न्युरोड टिमलाई ४–० गोल अन्तरले पराजित गर्दै सङ्कटा एफसीले विजयी सुरुवात गरेको हो । सङ्कटाको जितमा यशोदा शाही, सुक्रीया मिया, लुसिया लेइला र अकोसुअ अमनक्रहले गोल गरे ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सुरु महिला लिग वैशाख १२ गतेसम्म चल्ने छ ।
लिगमा एपीएफ फुटबल क्लब, बागमती युवा क्लब, चर्च ब्वाइज युनाइटेड, झापा एफसी, न्यू रोड टिम, नेपाल पुलिस क्लब, आरएस रिसोर्ट र बिच फुटबल, संकटा एफसी र त्रिभुवन आर्मी एफसीको सहभागिता रहेको छ ।
लिगका खेलहरु सिंगल राउन्ड रोविनका आधारमा हुने एन्फाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण