शिक्षामन्त्रीमा महावीर, सस्मित र आनन्दको नाम छलफलमा
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले क्याबिनेट मेम्बरबारे गृहकार्य तीव्र पारेको छ।
- शिक्षा मन्त्रीका लागि बालेन नेतृत्वको सरकारमा महावीर पुन, सस्मित पोखरेल र आनन्द चन्दको नाम चर्चामा छ।
- बालेनले सम्भावित क्याबिनेट मेम्बरको नामबारे विज्ञहरूसँग छलफल गर्दै फाइनल गर्ने तयारी गरेका छन्।
काठमाडौँ । झन्डै दुई तिहाइ जनमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले क्याबिनेट मेम्बरबारे गृहकार्य तीव्र बनाएको छ । वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा बन्ने सरकारमा शिक्षामन्त्रीका लागि ३ जनाको नाम चर्चामा आएको छ ।
बालेन निकट स्रोतका अनुसार छलफलमा पूर्व शिक्षामन्त्री महावीर पुन, बालेनका पूर्व शिक्षा सल्लाहकार सस्मित पोखरेल र कैलाली ५ का सांसद आनन्द चन्दको नाम चर्चामा आएको हो ।
रास्वपाले स्वतन्त्र सांसद महावीर पुनलाई सरकारमा सहभागी गराउने हो भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय दिने तयारी गरेको हो । यदि उनी सरकारमा सहभागी नहुने हो भने रास्वपाकै सस्मित पोखरेल वा आनन्द चन्दको सम्भावना रहेको बताइएको छ ।
कानुनको विद्यार्थी भए पनि सस्मित पोखरले काठमाडौँ महानगरमा शैक्षिक सुधारमा काम गरेको दाबी रहेको छ भने आनन्द चन्दले शिक्षा क्षेत्रमा विज्ञता हासिल गरेका छन् । चन्दले पाटन क्याम्पसमा १७ वर्ष भन्दा बढी उपप्राध्यापक काम गरेका छन् ।
बालेनले सम्भावित क्याबिनेट मेम्बरको नामबारे विज्ञहरूलाई समेत देखाएर फाइनल गर्ने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण