उद्योगमन्त्रीमा बागलुङका सुशील खड्कासहित तीन जनाको नाम छलफलमा
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रिमण्डल गठनको गृहकार्य सुरु गरेको छ, जसमा रवि लामिछाने र बालेन्द्र शाहको नेतृत्व रहेको छ।
- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीका लागि सुशील खड्का, तौफिक खान र सुशान्त वैदिकको नाम चर्चामा रहेको छ।
- गणेश पराजुलीले उद्योग मन्त्रालयको दाबी गरे पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा उनको नाम राखिएको छ।
काठमाडौँ । करिब दुई तिहाइ नजिक बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला मन्त्रिमण्डल गठनको गृहकार्य सुरु गरेको छ । सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसहित मन्त्रालयगत रूपमा सम्बन्धित उम्मेदवारको रोस्टर बनाएर छलफल चलिरहेको स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार अहिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य सुशील खड्काको नाम चर्चामा छ । त्यस्तै, रुपन्देही क्षेत्र नम्बर ५ बाट निर्वाचित तौफिक खान र प्युठानबाट निर्वाचित सुशान्त वैदिकको नाम रोस्टरमा परेको स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार उद्योग मन्त्रालयमा काठमाडौँ– ७ बाट दोस्रो पटक निर्वाचित गणेश पराजुलीको दाबी गरेका छन् । तर रोस्टर बनाउने टिमले पराजुलीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा नाम राखेको छ । उद्योगमा अन्य सांसदहरूको पनि दाबी गरिरहेका छन् ।
उद्योग मन्त्रीको रोस्टरमा रहेका बागलुङका खड्का अमेरिकाबाट केमिकल इन्जिनियरिङ तथा अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । बागलुङ नगरपालिका–३, गुठीमा जन्मिएका खड्का १२ वर्ष पहिला विदेशबाट अध्ययन गरी नेपाल फर्केर उद्यममा लागेका थिए । खड्का इन्जिनियर, अर्थविद् तथा उद्यमी हुन् । उनी पछिल्लो १२ वर्षदेखि व्यवसाय, हरित उद्यम र सामाजिक सेवामार्फत सक्रिय छन् ।
त्यस्तै, रुपन्देहीका तौफिक खान भारतको पाण्डिचेरी विश्वविद्यालय बैंगलोरबाट मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन (एमबीए) उत्तीर्ण गरेका छन् । खानले दिल्ली विश्वविद्यालयबाट ब्याचलर अफ कमर्स (बीकम) पूरा गरेका छन् ।
त्यस्तै, प्युठानका सुशान्त वैदिक लन्डन स्कुल अफ इकोनोमिक्स (एलएसई) बाट अर्थशास्त्रमा स्नातकोत्तर तथा नर्वेको नर्वेजियन स्कुल अफ इकोनोमिक्स (एनएचएच)बाट अर्थशास्त्र र व्यवसाय प्रशासनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण