विवादास्पद गीत भारतमा प्रतिबन्धित
बुधबार, ०४ चैत २०८२, १६ : ०८
सारांश
- भारतले कन्नड फिल्मको गीत 'सरके चुनर तेरी' माथि प्रतिबन्ध लगाएको छ।
- संसदमा गीतको बारेमा चर्चा भएपछि सूचना तथा प्रसारण मन्त्रीले प्रतिबन्धको जानकारी गराए।
- गीतमा अश्लील शब्द भएको भन्दै विरोध भएपछि सरकारले प्रतिबन्ध लगाएको हो।
मुम्बई । भारतले विवादास्पद एउटा गीतमाथि प्रतिबन्ध लगाएको छ । कन्नड फिल्म ‘केडीः द डेविल’को गीत ‘सरके चुनर तेरी’माथि प्रतिबन्ध लगाइएको हो ।
बुधबार संसदमा समेत यस गीतका बारेमा चर्चा भएको थियो । सांसदहरूले प्रश्न उठाएपछि केन्द्रीय सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले उक्त गीतमाथि प्रतिबन्ध लगाइएको जानकारी सदनलाई गराएका हुन् ।
सेन्सर बोर्डलाई समेत उक्त गीतका सम्बन्धमा कारबाही गर्न निर्देशन दिइएको मन्त्री वैष्णवले बताए । विवादकै बिच उक्त गीत युट्युवबाट हटाइएको छ ।
गीतमा अश्लील शब्द भएको भन्दै चौतर्फी विरोध भएको थियो । विरोधकै बिच सरकारले उक्त गीतमाथि प्रतिबन्ध लगाएको हो । मन्त्री वैष्णवले वाक स्वतन्त्रता संविधानमा उल्लेख भए पनि यसको मतलव पूर्ण रूपमा स्वतन्त्रता नभएर समाज र संस्कृतिको सन्दर्भमा हुनुपर्ने प्रस्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण