‘रास्वपाले व्यवस्थालाई नै सकाउने र व्यवस्थामाथि धावा बोल्ने काम गरे स्वीकार्य हुन्न’
सारांश
- पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रास्वपालाई जनताको मतको सम्मान गर्नुपर्ने बताए।
- उनले राष्ट्रियतामा खतरा हुने र राष्ट्रघाती काम स्वीकार्य नहुने बताए।
- शाहीले रास्वपालाई विकास, आर्थिक समृद्धि र सुशासनमा जनताको अपेक्षा अनुसार काम गर्नुपर्ने बताए।
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अहिले रास्वपालाई जनताले दिएको जनमतलाई अन्य पार्टीहरुले पनि सम्मान गर्नुपर्ने बताएका छन् ।
यद्यपि उक्त जनमतलाई अवहेलना हुने गरि राष्ट्र र राष्ट्रियतामाथि खतरा हुने तरिकाले रास्वपा अघि बढे त्यो स्वीकार्य नहुने उनको भनाइ छ । कालिकोटबाट नवनिर्वाचित सांसद समेत रहेका शाहीले बुधबार सुर्खेतमा पत्रकारहरुसँग वर्तमान राजनीति परिदृश्यबारे छलफल गरेका छन् ।
शाहीले उक्त छलफलमा भने, ‘राष्ट्रियताको पक्षमा रास्वपाले राम्रोसँग काम गर्नुपर्छ । राष्ट्रघाती कुनै पनि प्रकारका सन्धि सम्झौताहरु गर्नू भएन ।’देशलाई सिक्किमीकरण वा उत्तर कोरियाशैली बनाउन खोजेको खण्डमा कसैका लागि पनि स्वीकार्य नहुने शाहीले बताए ।
साथै, शाहीले अहिलेको व्यवस्थालाई नै सकाउने गरी र व्यवस्थामाथि नै धावा बोल्ने काम भए पनि त्यो स्वीकार्य नहुने बताए । उनका भनाइमा विकासको तिव्रता, आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायको क्षेत्रमा जनताको अपेक्षा अनुसार रास्वपाले काम गर्नुपर्छ ।
‘त्यसका लागि हामी सबै रास्वपालाई सहयोग गर्नुपर्छ,’ उनले थपे, ‘यो व्यवस्थालाई फेल हुन नदिनका लागि पनि हामी सबैले रास्वपलाई नै सहयोग गर्छौं ।’ राष्ट्रियता र व्यवस्थालाई बचाउने सवालमा अन्य सबै दलको सहयोग रहने शाहीले बताए ।
‘उनीहरुलाई फेल गराउने कुरामा लागे देश फेल हुने अवस्था आउँछ, त्यो कुरा हामी सबैले बुझ्नुपर्छ,’ शाहीले थपे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण