कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा आगामी महाधिवेशनबारे छलफल हुने
बुधबार, ०४ चैत २०८२, १९ : २७
सारांश
- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा आगामी महाधिवेशनबारे छलफल हुनेछ।
- बैठकमा निर्वाचनको समीक्षा र पार्टीको आगामी रणनीतिबारे छलफल हुनेछ।
- बैठक शुक्रबार दिउँसो ललितपुरमा बस्नेछ, जसमा पदाधिकारी र सदस्यहरूको सहभागिता रहनेछ।
काठमाडौँ । नेपाली कांग्रेसको शुक्रबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा आगामी महाधिवेशनबारे छलफल हुने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बैठकमा आगामी महाधिवेशनबारे छलफल हुनुका साथै निर्वाचनको समीक्षा र आगामी दिनमा पार्टीले अपनाउने रणनीतिबारे छलफल हुने बताए।
बैठक शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्नेछ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवम् प्रदेश सभापतिको सहभागिता रहनेछ।
फागुन २१ गते सम्पन्न निर्वाचनमा कांग्रेसले कमजोर नतिजा ल्याएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण