बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

गगनको राजीनामाबारे दीपकराजको कटाक्ष : अग्रजहरूले कहिल्यै नगरेको काम किन गर्नुपर्‍यो ?

बिहीबार, ०५ चैत २०८२, १० : ५२
बिहीबार, ०५ चैत २०८२

सारांश

  • निर्वाचनमा पराजित भएपछि गगन थापाले कांग्रेस सभापतिको पदबाट राजीनामा दिए।
  • कलाकार दीपकराज गिरीले गगन थापाको राजीनामालाई लिएर व्यंग्य गर्दै पुराना नेताहरूमाथि टिप्पणी गरे।
  • गिरीले अग्रज नेताहरूले पद नत्याग्ने प्रवृत्तिलाई आलोचना गर्दै थापाको कदमको प्रशंसा गरे।

काठमाडौँ । निर्वाचनमा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको पदबाट राजीनामा दिएका छन् । यो विषयलाई लिएर विभिन्न बहस सुरु भएको छ ।

सोही क्रममा कलाकार दीपकराज गिरीले यस विषयलाई लिएर राजनीतिका पुराना नेताहरू प्रति व्यङ्ग्य गरेका छन् । पुराना पुस्ताका नेताहरू सत्ता र शक्तिमा टिकिरहने प्रवृत्तिको विरोध गर्दै आएका गिरीले गगन थापाको यो कदमलाई ‘अग्रजहरूले नगरेको नयाँ काम’ भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् ।

उनी लेख्छन्–  ‘जाबो चुनाव हारेकै कारणले राजीनामा दिएछन् ! आफ्ना अग्रजहरूले कहिल्यै नगर्‍या काम गर्नुपर्छ त ? शुभप्रभात ।’

नेपालको राजनीतिक इतिहासमा शीर्ष नेताहरूले चुनाव हारे पनि वा चौतर्फी आलोचना हुँदा पनि पदबाट राजीनामा दिने संस्कार निकै कम पाइन्छ । उनले यो स्ट्याटस मार्फत गगन थापाले देखाएको नैतिकतालाई प्रशंसा गरेका छन् भने अर्कोतर्फ हार व्यहोरेर पनि पद नत्याग्ने अन्य नेताहरूलाई व्यङ्ग्यको निशाना बनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप