ग्यास लुकाएको आशङ्कामा होटलमा छापा मार्न प्रहरी पुग्दा खुल्यो अर्को काण्ड, युवा–युवतीको भागाभाग
सारांश
- अमेरिका र इजरायलको आक्रमणपछि विश्वमा इन्धन संकट बढ्न थालेको छ।
- भारतको पटनामा ग्यास भण्डारणको आशंकामा छापा मार्दा युवायुवती आपत्तिजनक अवस्थामा फेला परे।
- प्रहरीले होटल सञ्चालक र युवायुवतीलाई नियन्त्रणमा लिई होटलका कोठाहरू सिल गरेको छ।
नयाँ दिल्ली । इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा आक्रमण सुरु गरेसँगै विश्वमै इन्धन सङ्कट चुलिन थालेको छ । विभिन्न मुलुकले खाना पकाउने ग्यासदेखि इन्धन सङ्कट झेल्न थालेका छन् ।
भारतमा समेत यो समस्या चुलिन थालेको छ । भारतकै बिहार राज्यको पटनामा खाना पकाउने ग्यास भण्डारण गरेर राखेको आशङ्कामा प्रहरीले विभिन्न होटलमा छापा मार्ने अभियान नै सञ्चालन गरेको छ ।
सोही क्रममा बुधबार पटनाको एउटा होटलमा प्रहरीको टोली छापा मार्न पुग्दा केही युवा–युवती आपत्ति जनक अवस्थामा फेला परेका थिए । प्रहरी आएको थाहा पाएपछि उनीहरूमा भागाभाग मच्चिएको थियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार मोकामा स्टेशन रोडस्थित नीलम किचेन होटलमा प्रहरीको टोली ग्यास सिलिन्डर अनुगमनका लागि पुगेको थियो । सोही क्रममा उक्त होटलबाट तीन युवक र चार युवती आपत्तिजनक अवस्थामा भेटिएको बताइएको छ । प्रहरीले ती युवा–युवतीका साथै होटल सञ्चालक सियाराम सिंहलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले होटलको कोठाबाट केही आपत्तिजनक सामानसमेत बरामद गरेको छ । होटलका पाँच वटा कोठालाई प्रहरीले ‘सीज’ गरेर आवश्यक छानबिन प्रक्रिया अघि बढाएको छ । प्रहरीले होटलमा ग्राहकको विवरण दर्ता गरिने रजिस्टरसमेत नियन्त्रणमा लिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण