चिनियाँ राष्ट्रपतिको किताब जलाइएको घटना : छानबिन गर्न समिति गठन
सारांश
- मनमोहन प्राविधिक विश्वविद्यालयमा चिनियाँ राष्ट्रपतिको पुस्तक जलाइएको घटनाको छानबिनका लागि समिति गठन गरिएको छ।
- गृह मन्त्रालयको निर्देशनमा मोरङका सहायक प्रजिअको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनेको हो।
- चिनियाँ दूतावासको ध्यानाकर्षणपछि छानबिन सुरु भएको हो, जसलाई १५ दिनको समयसीमा दिइएको छ।
मनमोहन प्राविधिक विश्वविद्यालयमा चिनियाँ राष्ट्रपति सी जिनपिङको पुस्तक ‘द गर्भनेन्स अफ चाइना’ जलाइएको घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ ।
गृह मन्त्रालयको निर्देशन बमोजिम मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको हो ।
समितिमा जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी, प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रतिनिधि, सरकारी वकिल कार्यालयका प्रतिनिधि र शिक्षा इकाइका प्रतिनिधि सदस्य छन् ।
घटनाबारे आवश्यक छानबिन गरी प्रतिवेदन पेश गर्न समितिलाई १५ दिनको समयसीमा तोकिएको मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए । उनले समितिले आजैदेखि काम सुरु गरेको जानकारी दिँदै सबै कुरा समितिले प्रतिवेदन दिएपछि थाहा हुने बताए ।
सफाइका क्रममा पुस्तकका केही प्रति जलेको भिडिओ सार्वजनिक भएपछि चिनियाँ दूतावासले चासो राख्दै परराष्ट्र मन्त्रालयमार्फत लिखित ध्यानाकर्षण गराएको थियो । त्यसलगत्तै मन्त्रालयले चासो दिएको हो ।
यसैबीच मनमोहन प्राविधिक विश्वविद्यालयले भने सामाजिक सञ्जालमा आफ्नो संस्थासँग जोडेर सार्वजनिक भएका तस्वीर तथा सूचनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विश्वविद्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै स्कुल अफ इन्जिनियरिङ अन्तर्गत सिभिल इन्जिनियरिङ विभागका नयाँ ल्याबहरू स्थापना गर्नका लागि पुराना वर्कशप खाली गर्ने क्रममा केही सामग्री व्यवस्थापन गरिएको स्पष्ट पारेको हो ।
विगत लामो समयदेखि प्रयोगमा नआएका, कवाडी अवस्थामा रहेका सामान र पूर्ण रूपमा मक्किएका तथा धमिरा लागेका केही पुस्तकहरू मात्र सरसफाइका क्रममा नष्ट भएको विश्वविद्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण