पर्यटक भिसामा खेल खेल्न प्रतिबन्ध, श्रम स्वीकृति अनिवार्य
सारांश
- अध्यागमन विभागले एन्फालाई पर्यटक भिसामा आएका विदेशी खेलाडीलाई खेलमा सहभागी नगराउन निर्देशन दिएको छ।
- विभागले पर्यटक भिसाको दुरुपयोग गरी खेलाडी खेलाएको भन्दै कारबाहीको चेतावनी दिएको छ।
- नियमानुसार कार्य सहमति र श्रम स्वीकृति बिना खेलाडी खेलाएमा कानुनी कारबाही हुने विभागले जनाएको छ।
काठमाडौँ । अध्यागमन विभागले पर्यटक भिसामा नेपाल आएका विदेशी नागरिकहरूलाई खेलकुद गतिविधिमा सहभागी नगराउन अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निर्देशन दिएको छ। विभागले बिहीबार पत्राचार गर्दै पर्यटक भिसाको दुरुपयोग गरी विभिन्न क्लबहरूले विदेशी खेलाडीहरूलाई मैदानमा उतारेको भन्दै यस्तो चेतावनी दिएको हो।
अध्यागमन नियमावली, २०५१ को नियम २० अनुसार भिसा प्राप्त विदेशीले जुन उद्देश्यका लागि अनुमति पाएको हो, सोबाहेक अन्य काम गर्न नपाउने स्पष्ट व्यवस्था छ। तर, एन्फाद्वारा सञ्चालित राष्ट्रिय महिला तथा पुरुष लिगमा पर्यटक भिसाधारी खेलाडीहरू सहभागी भएको उजुरी परेपछि विभागले गम्भीर चासो व्यक्त गरेको हो।
विभागका निर्देशक टीकाराम ढकालद्वारा जारी पत्रमा भनिएको छ, ‘कुनै पनि खेलमा विदेशी खेलाडी सहभागी गराउनुपरेमा नियमानुसार कार्य सहमति र श्रम स्वीकृति लिनुपर्नेछ।
विभागले आजैदेखि अनुगमन कार्य सुरु गरिसकेको जनाएको छ। यदि तोकिएको प्रक्रिया पूरा नगरी वा भिसाको उद्देश्य विपरीत कुनै पनि विदेशी खेलाडी खेलमा सहभागी भएको पाइएमा तत्काल कडा कानुनी कारबाही अगाडि बढाइने विभागले स्पष्ट पारेको छ।
यस विषयमा थप समन्वयका लागि विभागले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्लाई समेत बोधार्थ दिँदै जानकारी गराएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण