पुलिस क्लबलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि
सारांश
- नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै जय ट्रफी राष्ट्रिय क्रिकेट लिगको उपाधि जित्यो।
- फाइनल खेलमा पुलिसले २२७ रनको लक्ष्य ६ विकेट गुमाएर पूरा गर्यो, जसमा राशिद खानले अविजित ८१ रन बनाए।
- आर्मीले दोस्रो इनिङ्समा २२६ रन बनाएपछि पुलिसले जितका लागि २२७ रनको लक्ष्य पाएको थियो।
काठमाडौँ । विभागीय डर्बीको रोमाञ्चक फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले लगातार दोस्रो पटक जय ट्रफी राष्ट्रिय क्रिकेट लिगको उपाधि जितेको छ।
मुलपानी क्रिकेट मैदानमा बिहीबार भएको फाइनलको तेस्रो तथा अन्तिम दिन पुलिसले २२७ रनको ५४ ओभर ६ बलमा लक्ष्य ६ विकेट गुमाएर पूरा गर्यो ।
पुलिसको जितमा अलराउन्डर राशिद खानले अविजित ८१ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले। उनले टिमलाई जितसम्म डोर्याए । त्यस्तै, कुशल भुर्तेलले ५१ रनको महत्त्वपूर्ण योगदान दिए भने दिलसाद अलीले ३१ रन जोडे। बलिङतर्फ आर्मीका लागि शाहब आलम र पवन कार्कीले दुई–दुई विकेट लिए ।
त्यसअघि खेलमा आर्मीले आफ्नो दोस्रो इनिङ्समा ७४.२ ओभर खेल्दै २२६ रन बनाएपछि पुलिसले जितका लागि २२७ रनको लक्ष्य पाएको थियो । आर्मीका लागि आकाश चन्दले सर्वाधिक ३७, कुशल मल्लले ३६, शाहब आलमले ३३ तथा भीम सार्कीले ३२ रन बनाए ।
सोमपाल कामी २३ रनमा अविजित रहे । दोस्रो इनिङ्समा पुलिसका लागि सागर ढकालले सर्वाधिक ४ विकेट लिए भने ललित राजवंशी र करण केसीले समान ३–३ विकेट हात पारे ।
निकै प्रतिस्पर्धात्मक बनेको फाइनलको पहिलो इनिङ्समा दुवै टोलीले समान २२१ रन बनाएका थिए । टस जितेर पहिले ब्याटिङ गरेको आर्मी ५८.२ ओभरमा २२१ रनमा अलआउट भएको थियो। आर्मीका लागि इमरान शेखले अर्धशतक प्रहार गर्दा भीम सार्कीले ३९ र कुशल मल्लले ३८ रन जोडेका थिए ।
पहिलो इनिङ्समा पुलिसका बलर राशिद खानले ४ तथा करण केसी र ललित राजवंशीले ३–३ विकेट लिएका थिए । जवाफमा पुलिसले पनि आफ्नो पहिलो इनिङ्समा सबै विकेट गुमाएर २२१ रन नै बनाएपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026