राजनीति
बालेनलाई संसदीय दलको नेता बनाइँदै, चैत १२ गते केन्द्रीय समिति बैठक बस्ने
‘संसदीय दलको नेता बनाउन विधान संशोधन आवश्यक छैन’
बिहीबार, ०५ चैत २०८२, २० : ४७
सारांश
- रास्वपाका वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउने सहमति भएको छ।
- १२ गते केन्द्रीय समिति बैठक बसेर अनुमोदन गरिनेछ।
- प्रधानमन्त्रीको शपथ चैत १३ गतेका लागि तय भएको छ।
काठमाडौँ । सात बुँदे पूर्वसहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउने सहमति भएको छ। बिहीबार साँझ शीर्षस्थ नेताहरुबिच भएको छलफलले वरिष्ठ नेता शाहलाई संसदीय दलको नेता बनाउने सहमति भएको महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।
उनका अनुसार अनुमोदनको लागि १२ गते केन्द्रीय समिति बैठक बस्नेछ । महामन्त्री बुर्लाकोटीले भने,‘बाँकी संसदीय दलको बैठकले प्रक्रिया अगाडि बढाउँछ । सर्वसम्मत सहमति भएपछि संसदीय दलको नेता बनाउन विधान संशोधन गर्न आवश्यक छैन।’
प्रधानमन्त्रीको शपथ चैत १३ गतेलाई तय भएपनि सरकार र राष्ट्रपति कार्यलयको तयारीमा भर पर्ने उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण