शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा

शुक्रबार, ०६ चैत २०८२, ०६ : २७
शुक्रबार, ०६ चैत २०८२

सारांश

  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज सानेपामा बस्ने भएको छ।
  • बैठकमा चुनावी समीक्षा, समसामयिक विषय र गगन थापाको राजीनामाबारे छलफल हुनेछ।
  • निर्वाचनमा कांग्रेसको कमजोर नतिजापछि थापाले राजीनामा दिएका थिए, जसलाई लिएर पार्टीमा मतभेद छ।

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । 

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ। बैठकमा चुनावी समीक्षाका साथसाथै समसामयिक विषयमा कुराकानी हुने बताइएको छ । 

पार्टी सभापति गगन थापाले दिएको राजीनामा र आगामी महाधिवेशनबारे छलफल हुनुका साथै निर्वाचनको समीक्षा र आगामी दिनमा पार्टीले अपनाउने रणनीतिबारे ठोस निर्णय हुने नेताहरूले बताएका छन् । 

फागुन २१ गते सम्पन्न निर्वाचनमा कांग्रेसले कमजोर नतिजा ल्याएपछि सभापति थापाले राजीनामा दिएका हुन् । उनको राजीनामा स्वीकृत गर्ने या नगर्ने भन्नेमा पार्टीमा दुई मत देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप