मेक्सिकोमा सिनालोआ कार्टेल प्रमुख लक्षित छापामा ११ जनाको मृत्यु
सारांश
- मेक्सिकोको कुलियाकानमा सुरक्षाकर्मी र सिनालोआ कार्टेलबीचको कारबाहीमा ११ जनाको मृत्यु भएको पुष्टि भएको छ।
- कारबाहीमा सिनालोआ कार्टेलका नेता ओमार ओस्वाल्डो टोरेस पक्राउ परेका छन्, जसलाई एल पातासको उपनामले चिनिन्छ।
- घटनास्थलबाट हतियार र उपकरण बरामद गरियो, र लोस मायोस र लोस चापितोस समूहबीचको संघर्ष बढ्दै गएको छ।
मेक्सिको सिटी । मेक्सिकोका सुरक्षाकर्मीहरूले उत्तर क्षेत्रस्थित कुलियाकानमा गरिएको एक कारबाहीका क्रममा ११ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उक्त कारबाहीमा कुख्यात सिनालोआ कार्टेलअन्तर्गतको एक समूहका नेता ओमार ओस्वाल्डो टोरेसलाई पक्राउ गरिएको जनाइएको छ ।
मेक्सिकन नौसेनाले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार छापेमार अभियानका क्रममा आफ्ना सुरक्षाकर्मीमाथि आक्रमण भएपछि जवाफी कारबाही गरिएको थियो । यस क्रममा ११ जना आक्रमणकारी मारिएका हुन् । मृतकहरूको पहिचान भने सार्वजनिक गरिएको छैन । घटनास्थलबाट उच्च क्षमताका हतियार तथा सामरिक उपकरणहरू बरामद गरिएको पनि जनाइएको छ ।
टोरेस ‘एल पातास’ उपनामले पनि चिनिन्छन् । यिनी सिनालोआ कार्टेलको ‘लोस मायोस’ समूहका प्रमुख मानिन्छन् । अपरेसनका क्रममा उनसँग उनकी छोरी पनि थिइन् । तर आपराधिक गतिविधिसँग सम्बन्ध नदेखिएकाले उनलाई परिवारको जिम्मा लगाइएको अधिकारीहरूले बताएका छन् ।
पछिल्ला वर्षहरूमा ‘लोस मायोस’ समूह र अर्को गुट ‘लोस चापितोस’बीच संघर्ष चर्किँदै आएको छ । यी दुवै समूह क्रमशः इस्माइल जाम्बाडा र जोकिन गुजमानसँग सम्बन्धित मानिन्छन्, जसलाई अमेरिकी कारागारमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण