‘द एभरेस्ट ड्रीम’ निफमा प्रदर्शन हुने
सारांश
- स्कटल्याण्डका ब्रेन इन्जुरी भएका व्यक्तिहरूको सगरमाथा यात्रामा आधारित डकुमेन्ट्री फिल्म 'द एभरेस्ट ड्रीम' निफ फिल्म फेष्टिभलमा प्रदर्शन हुने भएको छ।
- फिल्ममा गम्भीर दुर्घटनापछि जीवनसँग संघर्ष गरिरहेका व्यक्तिहरूको एभरेस्ट बेस क्याम्पसम्म पुग्ने सपनाको कथा प्रस्तुत गरिएको छ।
- फिल्मले ब्रेन इन्जुरीपछि पनि नयाँ सपना देख्न सकिन्छ भन्ने सन्देश दिने र यसअघि गणेश पाण्डेका डकुमेन्ट्रीले अन्तर्राष्ट्रिय अवार्ड जितेका थिए।
काठमाडौँ । बेलायतको स्कटल्याण्डका ट्रमाटिक ब्रेन इन्जुरी (मस्तिष्कमा गम्भीर चोट) भोगेका व्यक्तिहरूको प्रेरणादायी सगरमाथा यात्रामा आधारित डकुमेन्ट्री फिल्म ‘द एभरेस्ट ड्रीम’ आगामी निफ फिल्म फेष्टिभलमा प्रदर्शन हुने भएको छ । निफ (नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव) अप्रिल ५ मा काठमाडौँमा आयोजना हुदैछ । फिल्म गणेश पाण्डेले निर्देशन गरेका हुन् ।
करिब डेढ वर्ष लगाएर निर्माण भएको फिल्मले गम्भीर दुर्घटनापछि जीवनसँग सङ्घर्ष गरिरहेका केही व्यक्तिहरूले देखेको असाधारण सपनाको कथा प्रस्तुत गर्छ । डाक्टरहरूले फेरि राम्रोसँग हिँड्न, बोल्न वा सामान्य जीवन जिउन कठिन हुने बताइएका उनीहरूले हार नमानी नेपाल आएर एभरेस्ट बेस क्याम्पसम्म पुग्ने लक्ष्य राखेका थिए । फिल्ममा उनीहरूको स्कटल्यान्डबाट सुरु भएको यात्रा, काठमाडौँ आगमन र त्यसपछि खुम्बु क्षेत्र हुँदै एभरेस्ट बेस क्याम्पतर्फको कठिन तर भावनात्मक यात्रालाई देखाउनेछ । यात्रामा केही चुनौतीपूर्ण क्षणहरू पनि देखिन्छन्—एक सदस्य केही समय समूहबाट छुट्टिने घटना र अर्का सदस्य स्वास्थ्य समस्याका कारण बेस क्याम्प पुग्नुअघि नै रोकिनुपरेको अवस्था ।
फिल्मले ब्रेन इन्जुरीपछि पनि जीवनमा नयाँ सपना देख्न सकिन्छ भन्ने सन्देश दिने बताए । ‘यस्ता बिरामीहरूले सामूहिक रूपमा सगरमाथा आरोहण गरेको यो पहिलो हो । द लिटिल शेर्पा फाउण्डेशनका जेम्स ल्याम्बको नेतृत्वमा पाँच जना बिरामी र उनका परिवारसहित ७ जना सगरमाथा बेस क्याम्प पुगेका थिए’ उनले थपे ।
पाण्डेका अघिल्ला डकुमेन्ट्रीहरू ‘भाग्यले बाँचेकाहरू’ले १७ भन्दा बढी अन्तर्राष्ट्रिय पुरस्कार जितेको थियो र ३२ भन्दा बढी देशमा प्रदर्शन भएको छ । त्यस्तै बहुपति प्रथामाथि आधारित डकुमेन्ट्री ‘को–हजबेण्ड’ले पनि एक दर्जन भन्दा बढी उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेको छ ।
फिल्म निर्माणमा एशोसियट निर्मात्री शारदा गैरे, क्यामेरापर्सन सुरेश श्रेष्ठ र निरज पन्थी, सम्पादक ईश्वर कोइराला, संगीतकार जुगल डंगोल र सन्दीप सरदार तथा न्यारेटर कौशल घिमिरेको योगदान रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण