प्रदीप अधिकारीसँग प्रहरीले लियो बयान
सारांश
- अख्तियार प्रमुखलाई धम्क्याएको घटनामा प्रदीप अधिकारीसँग प्रहरीले बयान लिएको छ।
- अनुसन्धान अधिकृतहरूले अधिकारीलाई भिआईपी धम्क्याउन प्रकाश पाठकलाई 'सुपारी' दिएको बारे सोधपुछ गरेका छन्।
- पाठकले अधिकारीसँग २ करोड लिएको स्वीकार गरे पनि अधिकारीले अस्वीकार गरेका छन्।
काठमाडौँ । अख्तियार प्रमुख प्रेम कुमार राई सहितका हाइप्रोफाइललाई धम्क्याएको घटनामा प्रहरीले नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसँग बयान लिएको छ । भ्रष्टाचार मुद्दामा पुर्पक्षको लागी थुनामा रहेका अधिकारीलाई जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतले कारागार कार्यालय डिल्लीबजारबाट प्रहरी कार्यालयमा झिकाएर बयान लिएका हुन् ।
बिहीबार र शुक्रवार अनुसन्धान अधिकृतहरूले अधिकारीसँग भिआईपी धम्क्याउन प्रकाश पाठकलाई ‘सुपारी’ दिएको बारेमा सोधपुछ गरेका छन् । प्रकाश पाठकलाई प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को सहयोगमा पक्राउ गरेर नेपाल ल्याएको थियो । अधिकारीसँग बयान लिन थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले बताए । उनले भने, ‘उहाँसँग पनि हामीले सोधपुछ सुरु गरेका छौँ, अनुसन्धान सकिएको छैन ।’
भिआईपीलाई सामाजिक सञ्जालमार्फत धम्क्याएका पाठकले प्रदीप अधिकारीसँग रकम लिएको स्वीकार गरेका छन् । भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माण गर्दा अनियमितता भएको उजुरीमाथि अख्तियारले अनुसन्धान गरेर अदालतमा मुद्दा लैजाने सुराक पाएपछि अधिकारीले रकम दिएर पाठकलाई प्रयोग गरेर अख्तियार प्रमुख राईलाई धम्क्याउन लगाएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
अधिकारीसँग आफूले २ करोड नगद लिएको पाठकले बयानमा स्वीकार गरेका छन् । तर, अधिकारीले भने सो तथ्य अस्वीकार गरेका छन् । दुई दिन सम्म सोधपुछ गर्दा अधिकारीले रकम दिएको कुरा अस्वीकार गरेको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए ।
पाठकलाई माघ २८ मा फिलिपिन्सबाट नेपाल ल्याइएको हो । उनले सामाजिक सञ्जाल (फेसबुक) मार्फत अख्तियार प्रमुख सहित १० जना हाइप्रोफाइललाई धम्की दिएका थिए । प्रहरीले उनीविरुद्ध आपराधिक लाभ, आपराधिक षड्यन्त्र गर्न नहुने कसुर र विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण