‘मितज्यू’को ‘गैराघरे काइँली’ गीतमा दया, सौगात र तेरियाको छमछमी
सारांश
- फिल्म 'मितज्यू' को गीत 'गैराघरे काइँली' सार्वजनिक भयो, जसमा दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरको अभिनय छ।
- श्रीकृष्ण बम मल्ल र मेलिना राईको स्वर रहेको गीतमा शब्द र सङ्गीत पनि गायक मल्लकै रहेको छ, जसको कोरियोग्राफी मिङ्मा डि लेप्चाले गरेका हुन्।
- अनिल बुढा मगरको निर्देशन रहेको फिल्म आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउनेछ, जसमा जनक घर्ती मगरको लगानी रहेको छ।
काठमाडौँ । आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मितज्यू’को गीत ‘गैराघरे काइँली’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा फिल्मका मुख्य तीन कलाकार दयाहाङ राई,सौगात मल्ल र तेरिया फौजा मगरले छमछमी नाचेका छन् । लोकलयमा आधारित यस गीतमा तीनै जनाको नाचलाई असाध्यै सुहाएको देख्न सकिन्छ ।
श्रीकृष्ण बम मल्ल र मेलिना राईको स्वर रहेको गीतमा शब्द र सङ्गीत पनि गायक मल्लकै छ। गीतको एरेन्ज श्याम श्वेत रसाइलीले गरेका हुन्। यस गीतको कोरियोग्राफी भने मिङ्मा डि लेप्चा हुन् । निर्माण पक्षले यो गीतलाई स्रोता तथा दर्शकले अत्यधिक मन पराउने विश्वास लिएका छन्।
फिल्मका निर्माता जनक घर्ती मगरले फिल्मको कथा अनुसार नै गीत राखेको बताए। उनले भने,‘फिल्मको कथाले जुन गीत मागेको थियो,सोही राखेका छौँ। यसमा हामीले कुनै कम्प्रमाइज गरेका छैनौँ। स्रोता तथा दर्शकले पनि यो गीतलाई मन पराइदिनु हुन्छ भन्नेमा म विश्वास छु। र मेरो टिम पनि।’
ग्रामीण परिवेश र पहाडी पृष्ठभूमिको सामाजिक कथामा बुनिएको यो फिल्मलाई अनिल बुढा मगरले निर्देशन गरेका हुन्। यस फिल्मलाई लगानी जनक घर्ती मगरले गरेका छन्। फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय रहनेछ। तेरिया मगरको यो डेब्यु फिल्म हो।
जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्मको , सम्पादक लोकेश बज्राचार्य, छायाकार शिशिर बिशंखे हुन। आरआर फिल्म्स वितरक रहेको यो फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण