प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीको शपथ बुधबार हुने*
सारांश
- फागुन २१ गते निर्वाचित कांग्रेस सांसद अर्जुननरसिंह केसीले भोलि शपथ लिने भएका छन्।
- राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा बिहान सवा ११ बजे केसीलाई शपथ खुवाउने छन्।
- केसीले सभामुख निर्वाचित नहुँदासम्म ज्येष्ठ सदस्यको हैसियतमा सभा सञ्चालन गर्नेछन्।
काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीको शपथ बुधबार हुने भएको छ । केसीको शपथ बुधबार बिहान ११:१५ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुन लागेको हो ।
राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई पद तथा गोपनीयताको शपथ खुवाउने छन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्यले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिने र उनैले अरू सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाउने व्यवस्था कानुनमा छ ।
सङ्घीय संसद् सचिवालयले चैत १२ गते दिउँसो २ बजे नव निर्वाचित प्रतिनिधि सभा सदस्यहरूको पद तथा गोपनीयताको शपथको कार्यक्रम राखेको छ ।
२७४ सांसदलाई केसीले शपथ खुवाउने छन् । केसीले प्रतिनिधि सभाबाट सभामुख निर्वाचित नहुँदासम्म सभाको ज्येष्ठ सदस्यका रूपमा अध्यक्षता गरेर सभा पनि सञ्चालन गर्नेछन् ।

शपथ बुधबार हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएकाे छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण