बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : गगन थापाको राजीनामा अस्वीकृत, देउवा–कोइराला समूहले पुरानै कार्यसमितिको बैठक बोलाउने

आइतबार, ०८ चैत २०८२, २२ : ००
आइतबार, ०८ चैत २०८२

आज २०८२ चैत ८ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा गगन थापाको राजीनामा अस्वीकृत, देउवा–कोइराला समूहले पुरानै कार्यसमितिको बैठक बोलाउने, पोखरा विमानस्थल प्रकरणमा पूर्वसचिवसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, राष्ट्रिय मान्यता प्राप्त ६ मध्ये दुई दलले प्रमुख सचेतकको सुविधा नपाउने, प्रतिनिधि सभाका ज्येष्ठ सदस्यको शपथ बुधबार, आठ महिनामा ११ खर्ब रुपैयाँ बराबर व्यापार घाटा लगायत छन् ।

१. गगन थापाको राजीनामा अस्वीकृत
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापाको राजीनामा अस्वीकृत गरेको छ । आइतबार सम्पन्न बैठकले सभापति थापाको राजीनामा अस्वीकृत गरेको हो । 

२. देउवा–कोइराला समूहले पुरानै कार्यसमितिको बैठक बोलाउने
नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा र सोही महाधिवेशनमा सभापति पदका अर्का प्रत्यासी डा. शेखर कोइराला पक्ष पुरानै केन्द्रीय कार्यसमितिको बैठक बोलाउने तयारीमा जुटेका छन् । दुवै पक्षले विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिलाई काउन्टर दिने गरी छुट्टै बैठक राख्ने तयारी गरेका हुन् । 

३. पोखरा विमानस्थल प्रकरणमा पूर्वसचिवसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा पूर्वसचिव र नागरिक उड्डयन प्राधिकरणका तीन पूर्वमहानिर्देशकसहित २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

४. राष्ट्रिय मान्यता प्राप्त ६ मध्ये दुई दलले प्रमुख सचेतकको सुविधा नपाउने
हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये दुई दलले संसदीय दलमा प्रमुख सचेतकको सुविधा नपाउने भएका छन् । ऐनमा भएको व्यवस्था अनुसार आवश्यक न्यूनतम सांसद संख्या पाउन नसकेका ती दलले प्रमुख सचेतकको सुविधा नपाउने भएका हुन् ।

५. प्रतिनिधि सभाका ज्येष्ठ सदस्यको शपथ बुधबार
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले  बुधबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् । सभामुख चयन नहुन्जेल प्रतिनिधि सभाको बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने छ । 

७. लिपुलेक हुँदै चीन र भारतले अन्तर्देशीय व्यापार सुरु गर्दै
नेपाली भूभाग लिपुलेक हुँदै चीन र भारतले अन्तर्देशीय व्यापार सुरु गर्ने तयारी गरेका छन् । नेपाल भने यी दुई छिमेकी मुलुकले अघि बढाएका कदमबारे बेखबरजस्तै देखिएको छ ।

८. आठ महिनामा ११ खर्ब रुपैयाँ बराबर व्यापार घाटा
चालु आर्थिक वर्षको आठ महिनामा नेपालले ११ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार सो अवधिमा १२ खर्ब ८९ अर्ब रुपैयाँको सामान आयात हुँदा एक खर्ब ९१ अर्ब रुपैयाँ बराबरको सामान निर्यात भएको छ । 

९. सुनको मूल्यमा अप्रत्याशित गिरावट
सुनको मूल्यमा अप्रत्याशित गिरावट आएको छ । सुनको मूल्यमा गिरावट आउनुमा विभिन्न कारण रहेको विज्ञ बताउँछन् ।

१०. फर्जी उद्धार प्रकरणमा ३२ जनाविरुद्ध मुद्दा दायर
नेपालमा पदयात्राका लागि आउने पर्यटकको बीमा रकम असुलीका लागि फर्जी उद्धारका नाममा भएको ठगी घटनामा ३२ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप