शपथको तयारी अन्तिम चरणमा, एआईजीद्वयद्वारा सुरक्षा निरीक्षण (तस्बिरहरू)
सारांश
- नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण समारोह चैत १२ गते नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा हुने भएको छ।
- समारोहको सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरीका एआईजीहरूले स्थलगत निरीक्षण गरी आवश्यक निर्देशन दिएका छन्।
- शपथ ग्रहण र प्रारम्भिक बैठकहरू अस्थायी रूपमा बहुउद्देश्यीय हलबाट सञ्चालन हुनेछन्।
काठमाडौँ । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको पद तथा गोपनीयताको शपथका लागि नयाँ सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हल व्यवस्थापनको कार्य अन्तिम चरणमा पुगेको छ। आगामी चैत १२ गते हुने शपथ ग्रहण समारोहका लागि संसद् भवनभित्रको प्रतिनिधि सभाको मुख्य सभाकक्ष निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भइनसकेकाले बहुउद्देश्यीय हललाई वैकल्पिक रूपमा प्रयोग गर्न लागिएको हो।

सङ्घीय संसद्की सहसचिव बविता मिश्रका अनुसार बहुउद्देश्यीय हलमा सभामुखको आसनसहित सत्तापक्ष र प्रतिपक्षका लागि दायाँ–बायाँ बस्ने व्यवस्था मिलाइएको छ। हलमा कुर्सीदेखि माइकसम्मको व्यवस्थापन भइसकेको छ भने बत्ती जडान र रङरोगनको काम समेत अन्तिम चरणमा पुगेको छ। शपथ ग्रहण मात्र नभई प्रतिनिधि सभाका प्रारम्भिक बैठकहरू समेत अस्थायी रूपमा यसै बहुउद्देश्यीय हलबाट सञ्चालन गरिने तयारी संसद् सचिवालयले गरेको छ।'

यसैबिच, शपथ ग्रहण समारोहको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) द्वय ईश्वर कार्की र उमा प्रसाद चतुर्वेदीले नवनिर्मित भवनको स्थलगत निरीक्षण गरेका छन्। उनीहरूले शपथ ग्रहणका दिन हुनसक्ने भिडभाड, विशिष्ट व्यक्तिहरूको आवागमन र समग्र सुरक्षा व्यवस्थापनका विषयमा जानकारी लिएका हुन्। एआईजीद्वयले सुरक्षा व्यवस्थापनसँगै सो क्षेत्रको ट्राफिक व्यवस्थापनलाई समेत प्रभावकारी बनाउन मातहतका निकायलाई निर्देशन दिएका छन्।

नवनिर्वाचित जनप्रतिनिधिहरूले पहिलो पटक नयाँ संसद् भवनमा पाइला टेक्न लागेको यस ऐतिहासिक अवसरलाई भव्य र सुरक्षित बनाउन सुरक्षा निकाय र संसद् सचिवालयले समन्वयकारी भूमिका निर्वाह गरिरहेका छन्।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण