२ खर्ब रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात
सारांश
- आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ।
- पेट्रोलियम पदार्थको आयात २ खर्ब ९ अर्ब ९९ करोड ९४ लाख ५१ हजार बराबर पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा बढी हो।
- डिजेल र पेट्रोलको आयात बढेको छ भने एलपीजी ग्यासको आयात घटेको छ।
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिना (श्रावण–फागुन) मा पेट्रोलियम पदार्थको आयातमा परिमाण र मूल्य दुवैमा उल्लेखनीय वृद्धि देखिएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार, यस अवधिमा कुल २ खर्ब ९ अर्ब ९९ करोड ९४ लाख ५१ हजार बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको कुल २ खर्ब ६ अर्ब ३७ करोड ५८ लाख २२ हजार रुपैयाँको आयात भएको छ । अघिल्लो वर्षको आयात मूल्यको तुलनामा चालु वर्षको १.७६ प्रतिशतले बढी हो ।
पेट्रोल, डिजेल, मट्टीतेल, फर्नेस आयल, एलपीजी, लुब्रिकेटिङ आयल, कोइला तथा बिटुमेनसहितका विभिन्न पेट्रोलियमजन्य उत्पादनहरूको आयातमा यो विशाल रकम खर्च भएको हो । यी पदार्थहरू नेपालको यातायात, उद्योग, कृषि र घरायसी उपभोगका लागि अपरिहार्य भए पनि यिनको बढ्दो आयातले राष्ट्रिय अर्थतन्त्रमा ठुलो भार थपेको छ ।
चालु वर्षमा अन्य पेट्रोलियम पदार्थ आयातमा सामान्य बढेको देखिए पनि खाना पकाउने ग्यास (एलपीजी आयात घटेको विभागको तथ्याङ्कमा उल्लेख छ ।
यसमध्ये सबैभन्दा धेरै डिजेल आयात भएको छ । अघिल्लो वर्ष ७८ अर्ब ८६ करोड ३७ लाख ४५ हजार रुपैयाँको डिजेल आयात भएकोमा चालु वर्ष यो ३.९५ प्रतिशतले बढेर ८२ अर्ब १० करोड ५१ लाख ६ हजार रुपैयाँको आयात भएको छ ।
परिमाणको तुलना हेर्ने हो भने डिजेल आयात २.८० प्रतिशतले बढेको छ । चालु वर्ष ८ लाख ९६ हजार ४ सय ४८ किलोलिटर डिजेल आयात भएकोमा अघिल्लो वर्ष ८ लाख ७१ हजार ३ सय ९९ किलोलिटर आयात भएको थियो, जसले २.८० प्रतिशतको वृद्धि देखाउँछ ।
अघिल्लो वर्ष ४२ अर्ब ८० करोड १७ लाख १३ हजार रुपैयाँको पेट्रोल आयात भएकोमा चालु वर्ष यो २.४९ प्रतिशतले बढेर ४३ अर्ब ८९ करोड ७३ लाख ७८ हजार रुपैयाँको आयात भएको छ ।
पनि परिमाणमा खासै ठुलो परिवर्तन देखिएको छैन । चालु वर्ष ५ लाख ११ हजार ९ सय ७ किलोलिटर पेट्रोल आयात भएकोमा अघिल्लो वर्ष ४ लाख ८९ हजार ८ सय ४२ किलोलिटर थियो ।
यस्तै अघिल्लो वर्ष ४१ अर्ब ९ लाख ८८ हजार रुपैयाँ बराबरको आयात भएकोमा चालु वर्ष ३७ अर्ब ३१ करोड ३७ लाख ४८ हजार रुपैयाँको एलपीजी (खाना पकाउने ग्यास) आयात भएको छ । यो ९.८८ प्रतिशतले घटेको छ ।
साथै परिमाणको तुलना गर्ने हो भने चालु वर्ष ३६ करोड २० लाख ९५ हजार ७२ किलोग्राम एलपीजी आयात भएकोमा अघिल्लो वर्ष ३७ करोड २२ लाख ८१ हजार ९ सय ७९ किलोग्राम थियो, जसले २.८१ प्रतिशतको कमी देखाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण