देउवा–कोइराला समूहले छुट्टै केन्द्रीय कार्यसमितिको बैठक बोलाउने
सारांश
- शेरबहादुर देउवा र शेखर कोइराला समूहले छुट्टै केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेका छन्।
- धुम्बाराहीमा बसेको बैठकले निर्वाचनको समीक्षा गर्ने निर्णय गरेको छ।
- देउवा समूहको निर्णयले कांग्रेसभित्रको विवाद थप चर्किने संकेत देखिएको छ।
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला समूहले छुट्टै केन्द्रीय कार्यसमिति बैठक बोलाउने भएको छ । आइतबार धुम्बाराहीमा बसेको तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र डा.शेखर कोइरालासहितका निवर्तमान कार्यसमिति र कार्यसम्पादन समितिमा रहेका नेताहरूको बैठकले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाएर निर्वाचनको समीक्षा गर्ने निर्णय गरेको नेता मीन विश्वकर्माले जानकारी दिए ।
‘आज धुम्बाराहीमा पूर्णबहादुर खड्का, डा.शेखर कोइरालासहितका १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र कार्यसम्पादन समितिका सदस्यहरूको बैठक बस्यो,’ नेता विश्वकर्माले रातोपाटीसँग भने– ‘केन्द्रीय कार्यसमिति बैठक बोलाउने र निर्वाचनको समीक्षा गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यसमितिको बैठक छिट्टै बोलाउने भनिएको छ । मिति समझदारी गरेर तय गरिन्छ ।’
बैठकमा पार्टीको आगामी कार्यनीतिको बारेमा छलफल गर्ने उद्देश्य रहेको विश्वकर्माले जानकारी दिए । देउवा समूहको निर्णयले कांग्रेसभित्रको विवाद थप चर्किने देखिएको छ ।
पुस २७ देखि ३० गतेसम्म देउवा समूह र डा.कोइराला समूहको असहमतिका बाबजुद विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा कांग्रेसमा नयाँ समिति चयन भएको थियो । देउवा र कोइराला समूहले त्यसलाई नमान्ने भन्दै रिट लिएर सर्वोच्च अदालत गएका थिए । त्यो रिट विचाराधीन छ ।
निर्वाचन आयोगले भने थापाको नेतृत्वलाई पार्टीको आधिकारिकता दिइसकेको छ। थापाकै नेतृत्वमा चुनावमा गएको कांग्रेसले पराजय व्यहोरेको छ । शुक्रबारदेखि चुनावी समीक्षा गर्न थापा नेतृत्वको कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बसिरहेका बेलामा अर्को समूहले त्यस्तो निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण