बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सोमबारदेखि अवकाशमा जाँदै सचिव शर्मा

आइतबार, ०८ चैत २०८२, २२ : २१
आइतबार, ०८ चैत २०८२

सारांश

  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले ३० वर्ष लामो सेवापछि अवकाश लिँदै छन्।
  • शर्मालाई आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा बिदाइ गरियो, उनले प्राविधिक र प्रशासनिक दुवै क्षेत्रमा काम गरे।
  • शर्माले नागढुंगा सुरुङ मार्ग निर्माण र रणनीतिक सडकको स्तरोन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे।

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा आफ्नो लामो सरकारी सेवा अवधि पूरा गरी भोलि (सोमबार) देखि अनिवार्य अवकाशमा जाँदैछन् । ५८ वर्षे उमेर हदका कारण २०८२ चैत ९ गतेदेखि उनी अवकाश हुने भएका हुन् ।

सचिव शर्मालाई आइतबार मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रमका बिच औपचारिक रूपमा बिदाइ गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव चौलागाईंले उनलाई  बिदाइ गरेका हुन् ।

वि.सं. २०५० को दशकको सुरुवातमा इन्जिनियरिङ सेवा (प्राविधिक तर्फ) बाट निजामती सेवामा प्रवेश गरेका शर्माको सरकारी यात्रा ३० वर्षभन्दा लामो छ । उनले आफ्नो सेवा अवधिमा प्राविधिक र प्रशासनिक दुवै क्षेत्रमा महत्त्वपूर्ण दक्खल राख्दै आएका छन् ।

unnamed (1)

नेपाल सरकारको मन्त्रिपरिषद्ले उनलाई २०७९ कात्तिक १६ गते सचिव पदमा बढुवा गरेको थियो । तत्कालीन समयमा बढुवाका लागि सिफारिस भएका तीन जनामध्येबाट उनी सचिवमा छानिएका थिए । सचिवका रूपमा उनले करिब ४१ महिना (साढे तीन वर्षभन्दा बढी) सेवा गरे ।

गत माघमा सचिव शर्मालाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको चर्चा चलेको थियो तर उनी हालसम्म भौतिक मन्त्रालयमै कार्यरत थिए ।

शर्माले २०७५ चैतदेखि २०७७ फागुनसम्म सडक विभागको महानिर्देशकको रूपमा जिम्मेवारी सम्हालेका थिए । उनको कार्यकालमा नेपालको पहिलो आधुनिक सुरुङ मार्ग ‘नागढुंगा सुरुङ मार्ग’ को निर्माण प्रक्रियाले गति लिएको थियो । 

यस्तै, रणनीतिक सडकहरूको स्तरोन्नति र मुग्लिनको ‘नेटवर्क आर्क ब्रिज’ निर्माणमा उनको भूमिकालाई महत्त्वपूर्ण मानिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप