विराटनगर र जनकपुरसहितका सहरको अधिकतम तापक्रम ३० डिग्रीसम्म पुग्ने अनुमान
सारांश
- मौसम विभागले सोमबारका लागि देशका मुख्य शहरहरूको तापक्रम पूर्वानुमान सार्वजनिक गरेको छ।
- विराटनगर, जनकपुर, सिमरा, नेपालगञ्ज र धनगढीमा अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ।
- काठमाडौँमा अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियस र पोखरामा २२ देखि २४ डिग्री सेल्सियस रहने पूर्वानुमान छ।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सोमबार लागि देशका प्रमुख शहरहरूको तापक्रम पूर्वानुमान सार्वजनिक गरेको छ। विवरण अनुसार आज विराटनगर, जनकपुर, सिमरा, नेपालगञ्ज र धनगढीमा अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।
यस्तै संघीय राजधानी काठमाडौँको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ९ देखि ११ डिग्री सेल्सियसको बीचमा रहनेछ।
पर्यटकीय शहर पोखरामा अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियस रहने पूर्वानुमान छ।
यसैगरी जोमसोममा न्यूनतम तापक्रम १ देखि ३ डिग्री सेल्सियस र जिरीमा ३ देखि ५ डिग्री सेल्सियस रहनेछ। यस्तै, जुम्लामा न्यूनतम तापक्रम ४ देखि ६ डिग्री सेल्सियस रहने विभागले जनाएको छ।
यस्तै धरान र भैरहवामा पनि तापक्रम २९ डिग्री सेल्सियससम्म पुग्नेछ भने ओखलढुङ्गा र ताप्लेजुङ जस्ता पहाडी जिल्लाहरूमा मौसम तुलनात्मक रूपमा शितल रहने विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण