फिल्म ‘बा: एक योद्धा’ को छायाङ्कन सुरु
सारांश
- फिल्म 'बा: एक योद्धा' को छायाङ्कन पशुपतिनाथ मन्दिरमा सुरु भएको छ।
- हरि लम्सालको निर्देशनमा बन्न लागेको यो फिल्म आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा बन्नेछ।
- फिल्मका कलाकारहरु गोप्य राखिएको छ, जसमा नयाँ र पुराना चर्चित कलाकारहरु हुनेछन्।
काठमाडौँ । फिल्म ‘बा: एक योद्धा’ को छायाङ्कन सुरु भएको छ । सोमबार पशुपतिनाथ मन्दिर परिसरमा धार्मिक विधिपूर्वक स्क्रिप्ट र क्यामरा पूजा गर्दै फिल्मको छायाङ्कन सुरु गरिएको हो । नेपाली संगीत क्षेत्रमा स्थापित संगीतकार हरि लम्साल फिल्मका निर्देशन रहेका छन् । लम्सालले यो फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मको शीर्षक र सार्वजनिक गरिएको पोस्टरको ‘थिम’ ले यो एक शुद्ध सामाजिक कथावस्तु हुने संकेत गर्छ । शिवराम श्रेष्ठको छायाङ्कन रहने फिल्मका निर्माता वसन्त लम्साल हुन् ।
गायक तथा सर्जक समेत रहेका लम्सालले यसअघि अभिनेता विपिन कार्कीलाई लिएर चलचित्र ‘कर्मा’ निर्माण गरेका थिए । छायाङ्कन सुरु गरिए पनि फिल्मको कलाकार गोप्य नै राखिएको छ । प्रचार रणनीति अनुसार कलाकार गोप्य राखिएको हो । फिल्ममा नयाँ तथा पुराना चर्चित कलाकारको अभिनय रहने बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण