सापटी दिएको पैसा फिर्ता माग्दा आमा–छोरीमाथि निर्घात कुटपिट
सारांश
- रौतहटको कटहरियामा सापटी दिएको पैसा माग्दा आमा-छोरी कुटिए, छोरीको हात भाँचियो।
- छोटेलाल यादवले कुटपिट गरेको आरोप छ, उनले पहिले पनि कुटपिट गरेको र मिलापत्र गरिएको थियो।
- घाइते आमा-छोरीको उपचार भइरहेको छ, स्थानीय जनप्रतिनिधिले उजुरी नगर्न दबाब दिएको गुनासो छ।
रौतहट । सापटी दिएको पैसा फिर्ता माग्दा रौतहटको कटहरिया नगरपालिका क्षेत्रमा आमा–छोरीमाथि निर्घात कुटपिट भएको छ ।
कटहरिया–८, पिप्रापोखरिया निवासी ४५ वर्षीय भागमणी देवीलाई उनका देवर नाता पर्ने ३५ वर्षीय छोटेलाल यादवले कुटपिट गरेका हुन् । पीडितका अनुसार छोटेलालले केही महिनाअघि भागमणीसँग सापटी स्वरूप १ लाख २० हजार रुपैयाँ लिएका थिए ।
आइतबार एक व्यक्तिले छोटेलाललाई दिनुपर्ने १० हजार रुपैयाँ भागमणीको ई–सेवामा पठाएका थिए । सोही रकम लिन छोटेलाल भागमणीको घर पुगेका थिए, तर भागमणीले आफूले पाउनुपर्ने रकम कटाएर बाँकी १ लाख १० हजार रुपैयाँ दिन आग्रह गरेपछि विवाद चर्किएको थियो ।
विवादकै क्रममा छोटेलालले बाँसको लाठी प्रहार गर्दै भागमणी र उनकी १० वर्षीय छोरी रबिता कुमारीमाथि कुटपिट गरेको पीडित परिवारका सदस्य झगरु यादवले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
कुटपिटबाट रबिताको देब्रे हात भाँचिएको छ भने भागमणीको देब्रे हातमा गम्भीर चोट लागेको छ । उनको शरीरका विभिन्न भाग—पिठ्यु, तिघ्रा लगायतमा निलडाम देखिएको छ ।
छोटेलालले भागमणीको भैंसी र बाख्रालाई समेत कुटपिट गरी मरणासन्न बनाएको आरोप लगाइएको छ ।
घटनापछि झगरु यादव आइतबार नै फतुवा हर्षाहाबाट पोखरिया पुगेर घाइते भएका आफ्नी छोरी र नातिनीलाई कटहरिया बजारस्थित एक निजी अस्पतालमा उपचारका लागि लगेका थिए ।
पत्रकार सम्मेलनमा पीडित भागमणी देवीले गाउँकै एक जना जनप्रतिनिधिले आफ्नो श्रीमान रोहित यादवलाई उजुरी नगर्न दबाब दिँदै ‘गाउँमै मिलाइदिन्छु’ भन्दै धम्की दिएको गुनासो गरिन् । उनले छोटेलालबाट यसअघि पनि पटक–पटक कुटपिट हुँदै आएको तर जनप्रतिनिधिको दबाबका कारण न्याय पाउन नसकेको बताइन् ।
यसपटक भने न्यायका लागि पहल गरिदिन पीडित परिवारले सञ्चारकर्मीसँग आग्रह गरेका छन् ।
इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख एवं सई धर्मेन्द्र पौडेलले घटनाको पुष्टि गर्दै आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण