न्यूयोर्कको विमानस्थलमा विमान र गाडी ठोक्किँदा दुई पाइलटको मृत्यु, विमानस्थलको सेवा अवरुद्ध
सारांश
- न्यूयोर्कको ला गार्डिया विमानस्थलमा एयर क्यानडाको विमान र गाडी ठोक्किएर दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भयो।
- मोन्ट्रियलबाट आएको विमान धावनमार्गमा गुडिरहेको बेला गाडीसँग ठोक्किएपछि ४१ जना यात्रु र चालक दल घाइते भए।
- दुर्घटनाका कारण विमानस्थल बन्द हुँदा अमेरिकन एयरलाइन्स, डेल्टा, साउथवेस्ट, युनाइटेड र एयर क्यानडाका उडानहरू प्रभावित भए।
न्यूयोर्क । अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलमा एयर क्यानडाको एउटा विमान र गाडी एकापसमा ठोक्किएर भएको दुर्घटनामा दुई जना पाइलटको मृत्यु भएको छ।
क्यानडाको मोन्ट्रियलबाट ७२ जना यात्रु र चार जना चालक दलका सदस्य बोकेर आएको एयर क्यानडाकोविमान अवतरणपछि धावनमार्गमा गुडिरहेका बेला एउटा गाडीसँग ठोक्किएको बीबीसीले जनाएको छ ।
स्थानीय समयअनुसार आइतबार साँझ भएको दुर्घटनापछि विमानमा सवार ४१ जना यात्रु र चालक दलका सदस्यका साथै गाडीमा रहेका दुई अधिकारीलाई तत्काल अस्पताल लगिएको थियो।
उपचारमा लगिएकामध्ये ३२ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने केही यात्रुको अवस्था अझै गम्भीर रहेको अधिकारीहरूले जनाएका छन् । दुर्घटनाका बेला विमान प्रतिघण्टा करिब २४ माइलको गतिमा रहेको बताइएको छ।
यस गम्भीर दुर्घटनापछि ला गार्डिया विमानस्थलबाट हुने सबै उडान र अवतरणहरू अर्को सूचना जारी नभएसम्मका लागि रद्द गरिएको छ। विमानस्थल बन्द हुँदा अमेरिकन एयरलाइन्स, डेल्टा, साउथवेस्ट, युनाइटेड र एयर क्यानडा जस्ता ठूला वायुसेवा कम्पनीका सयौं उडानहरू प्रभावित भएका छन्।
विमानस्थल प्रशासनका अनुसार कम्तीमा स्थानीय समयअनुसार सोमबार दिउँसो २ बजेसम्मका लागि विमानस्थल पूर्ण रूपमा बन्द रहनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण