कोहलीको कीर्तिमान तोड्ने पाकिस्तानी ओपनर फरहान बने आईसीसी ‘प्लेयर अफ द मन्थ’
सारांश
- आईसीसीले फेब्रुअरी महिनाको उत्कृष्ट खेलाडी अवार्ड घोषणा गर्यो, जसमा साहिबजादा फरहान पुरुषतर्फ उत्कृष्ट बने।
- फरहानले टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै विराट कोहलीको रेकर्ड तोडेर दुई शतक बनाए।
- महिलातर्फको अवार्ड भारतीय बलर अरुन्धती रेड्डीले जितिन्।
काठमाडौँ । विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले फेब्रुअरी महिनाको उत्कृष्ट खेलाडी ‘प्लेयर अफ द मन्थ’ घोषणा गरेको छ। टी-२० विश्वकप २०२६ मा ब्याटमार्फत तहल्का मच्चाएका पाकिस्तानी ओपनर साहिबजादा फरहानले पुरुषतर्फको यो प्रतिष्ठित अवार्ड हात पारेका हुन्।
उनले इंग्ल्याण्डका विल ज्याक्स र अमेरिकाका स्याड्ली भ्यान साल्कविक जस्ता प्रभावशाली खेलाडीलाई पछि पार्दै यो सफलता चुमेका हुन्। साहिबजादा फरहानका लागि यो अवार्ड जित्नुको मुख्य कारण टी-२० विश्वकपको एउटै संस्करणमा उनले कायम गरेको अद्भूत कीर्तिमान हो।
उनले प्रतियोगिताका ७ खेलमा ३८३ रन बनाउँदै क्रिकेटका हस्ती विराट कोहलीको नाममा रहेको विश्वकपको एउटै संस्करणमा सबैभन्दा धेरै रन बनाउने रेकर्ड ध्वस्त पारेका छन्। यति मात्र होइन, उनी टी-२० विश्वकपको एउटै संस्करणमा दुईवटा शतक प्रहार गर्ने विश्वकै पहिलो खेलाडी समेत बनेका छन्। विश्वकप जस्तो ठूलो मञ्चमा उत्कृष्ट प्रदर्शन गरेका कारण उनलाई यो सम्मान दिइएको हो।
अवार्ड जितेपछि खुसी व्यक्त गर्दै साहिबजादाले यस उपलब्धिलाई आफ्नो जीवनको एउटा यादगार क्षणका रूपमा लिने बताएका छन्। विश्वकपमा गरेको प्रदर्शनले आफूलाई थप ऊर्जा मिलेको र आगामी शृङ्खलाहरूमा पनि यही लयलाई कायम राख्न चाहेको उनले उल्लेख गरेका छन्। उनले आफ्नो सफलताको श्रेय टोलीका साथीहरू र आफूलाई विश्वास गर्ने समर्थकहरूलाई दिँदै यो सम्मान सधैँ आफ्नो मनमा रहने बताएका छन्।
यस्तै महिलातर्फको ‘प्लेयर अफ द मन्थ’ अवार्ड भारतीय तीव्र गतिकी बलर अरुन्धती रेड्डीले जितेकी छन्। उनले पाकिस्तानकी फातिमा सना र श्रीलंकाकी हर्षिता समरविक्रमालाई पछि पार्दै फेब्रुअरी महिनाको उत्कृष्ट महिला खेलाडीको उपाधि पाएकी हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण