राजीनामा अस्वीकृत भएसँगै पार्टी कार्यालय पुगे सभापति थापा
सारांश
- गगन थापाको राजीनामा अस्वीकृत भएपछि उनी पार्टी कार्यालय सानेपामा पुगे।
- पार्टीको केन्द्रीय समिति बैठकले संविधान संशोधन अध्ययनका लागि विज्ञ समिति गठन गर्नेछ।
- बैठकमा १५ औं महाधिवेशनको तयारी, निर्वाचन समीक्षा लगायतका विषयमा छलफल हुनेछ।
काठमाडौँ । केन्द्रीय समितिबाट राजीनामा अस्वीकृत भएसँगै नेपाली कांग्रेसका सभापति गगन थापा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेका छन्। यसअघि तीन दिनसम्म बसेको केन्द्रीय समिति बैठकले सभापति गगन थापाको राजीनामा अस्वीकृत सहित ६ बुँदे निर्णय गरेको थियो ।
_7hBz62MvBh.jpg)
पार्टीको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले बैठक दिउँसो १ बजे बैठक बस्ने बताए ।
_9LNITEZNyV.jpg)
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले बताए ।
_FhQeDzyonV.jpg)
बैठकले संविधान संशोधन अध्ययनका लागि विज्ञ समिति गठन गर्ने महामन्त्री प्रदीप पौडेलले जानकारी दिए । साथै १५ औँ महाधिवेशन तयारीबारे पनि बैठकमा छलफल हुने उनले बताए ।
_W8nAywaVD2.jpg)
उम्मेदवारसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन, भ्रातृ संघ, शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिबारे छलफल बैठकको मुख्य एजेन्डा रहेको उनले उल्लेख गरेका छन् ।
_NlhAe9pTwS.jpg)
_jasWOhvL6T.jpg)
_7xSP3gTEyF.jpg)
_g7IVSBviDP.jpg)
_Pk9cBrs7Z8.jpg)
_UZ9JPOifLZ.jpg)
_hStPOhiP43.jpg)
_sdEPKh6nhW.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण