जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन चैत १३ भित्र सार्वजनिक नगरिए शीतलनिवास घेर्ने चेतावनी
मङ्गलबार, १० चैत २०८२, १४ : ५९
काठमाडौँ ।'जेनजी मुभमेन्ट नेपाल'ले जेनजी आन्दोलनका विषयमा छानबिन गर्न गठित आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।
मंगलबार एक प्रेस वक्तव्य जारी गर्दै मुभमेन्टले चैत १३ गतेभित्र प्रतिवेदन सार्वजनिक नगरिए राष्ट्रपति निवास (शीतलनिवास) घेराउ गर्ने चेतावनी दिएको हो।
संस्थाका प्रवक्ता विजय शाहद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'उक्त प्रतिवेदनले देशको राजनीतिक नयाँ दिशाबोध गर्ने विश्वास गरिँदै आएको अवस्थामा यसलाई लुकाएर राख्नु पारदर्शिता, उत्तरदायित्व र सुशासनको सिद्धान्तविपरीत हो।'
मुभमेन्टले राज्यसत्ताको दुरुपयोग गरी आन्दोलनकारीको हत्या गर्ने र देशमा अशान्ति मच्चाउनेहरूलाई शासनसत्तामा स्थान दिनु नहुने अडान समेत राखेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण