तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
सारांश
- बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ लाख ४८ हजार ९६२ रुपैयाँ मागदाबीसहित मुद्दा दायर गरेको छ।
- गाउँपालिकाको वडा नम्बर ९ मा सडक निर्माणमा काम नगरी भुक्तानी दिएको आरोप लागेको छ।
काठमाडौँ । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जना विरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट,इन्जिनियर सन्देश भण्डारी, सव–इन्जिनियर किरण भण्डारी, लेखापाल रामचन्द्र धामी र निर्माण व्यवसायी भुमिराज कन्सट्रक्शनका प्रोपाइटर मान बहादुर बोहरा विरुद्ध ८ लाख ४८ हजार ९६२ रुपैयाँ मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
गाउँपालिकाकाे वडा नम्बर ९ स्थित बागथला धारी डोबा सडक निर्माण कार्यमा सडकमा ग्याबिन कार्य र मेसिनरी कार्यको काम नभई भुक्तानी दिएको भन्ने उजुरीमाथि अख्तियारले अनुसन्धान सुरु गरेकाे थियाे ।
अख्तियारका अनुसार आपसी मिलेमतो र संलग्नतामा बागथला धारी डोबा रोड (रोड २) मेशनरी वर्क ( ठेक्का नं. BCRM / CW-12-2077-078) निर्माण कार्य योजना अन्तर्गत बागथला धारी डोबा रोडमा सिंचाई क्यानल तथा मेशनरी वर्क ह्युम पाइप कलभर्ट समेतको संरचना निर्माणसम्बन्धी कार्यमा योजनाको कार्य सम्झौताबमोजिम सम्पन्न नहुँदै निर्माण कार्य सम्पन्न भएको भनी झुट्टा बिल भरपाई बनाइएकाे थियाे ।
गलत प्रतिवेदन तयार गरी उक्त रकम बराबरको निर्माण व्यवसायीलाई बढी भुक्तानी दिइएकाे भन्दै मुद्दा दायर गरिएको हाे ।
'निर्माणस्थलमा वास्तविक रूपमा निर्माण हुँदै नभएको आइटमहरूको समेत सम्झौता अनुसार कै परिमाणको निर्माण कार्य भएको उल्लेख गरी झुट्टा ठेक्का सम्बन्धी बिल तयार गरी भुक्तानी लिने/दिने कार्य गरे गराएको देखिएकोमा निर्माण कार्य अन्तर्गत नापी किताबमा ३३८ मिटर लम्बाई सिंचाई क्यानल उल्लेख भएकोमा फिल्डमा २४८ मिटर लम्बाईको सिंचाई क्यानल रहेको देखिएको र Masonry work for Hume pipe culvert and other structure (14) C/S Mortar को कार्य फिल्डमा नै देखिन नआएकोले प्रतिवादीहरूले बदनियत राखी बिल र कार्य सम्पन्न प्रतिवेदनमा उल्लेख भए भन्दा फिल्डमा कम काम गरी/ गराई सो बमोजिमकै कार्य गरेको भनी गलत प्रतिवेदन तयार गरी उक्त रकम बराबरको निर्माण व्यवसायीलाई बढी भुक्तानी दिइएकाे पाइएकाे छ,' अख्तियारद्वारा दायर आराेपपत्रमा उल्लेख गरिएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण