राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक अधिकारीसँग २५ लाख धरौटी माग्ने आदेश
सारांश
- विशेष अदालतले राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीलाई २५ लाख धरौटीमा छाड्न आदेश दिएको छ।
- अधिकारीलाई घुस रिसवत र सम्पत्ति शुद्धीकरण मुद्दामा मुछिएको थियो, उनले ७० लाख घुस लिएको आरोप लागेको छ।
- अधिकारीले घुस रकम जग्गा खरिद र रिसोर्टको कर्जा भुक्तानीमा प्रयोग गरेको अख्तियारको आरोप छ।
काठमाडौँ । विशेष अदालत काठमाडौँले सम्पत्ति शुद्धीकरण र घुस रिसवत मुद्दामा मुछिएका राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीलाई २५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
मंगलबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र उमेश कोइरालाको इजलासले २५ लाख धरौटीमा छाड्ने आदेश दिएको हो । अदालतमा भएको थुनछेक बहसपछि इजलासले अधिकारीलाई थुनामै राखेर पुर्पक्ष गर्नु नपर्ने तर साधारण तारिखमा पनि छाड्न नमिल्ने ठहर गरेको छ। मिसिल संलग्न प्रमाणहरू, बैंक स्टेटमेन्ट, कल डिटेल्स र अन्य प्रतिवादीहरूको बयानलाई आधार मान्दै अदालतले उनलाई २५ लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक जमानत लिएर तारिखमा राख्न आदेश दिएको हो ।
अधिकारीमाथि राजस्व अनुसन्धान विभागको महानिर्देशक रहँदा आफ्नो ओहोदाको दुरुपयोग गरी राजस्व चुहावट नियन्त्रण र अनुसन्धानमा मोलाहिजा गरेको आरोप छ । उनले अन्य प्रतिवादीहरूसँग मिलेमतो गरी ७० लाख रुपैयाँ घुस लिएको र उक्त रकमलाई लुकाउने उद्देश्यले सम्पत्ति शुद्धीकरण(मनी लाउन्डरिङ) गरेको दाबी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको थियो ।
अख्तियारको अभियोगपत्र अनुसार अधिकारीले घुस बापतको रकममध्ये ५० लाख रुपैयाँ रविन्द्र लामिछानेको नाममा भक्तपुरको मध्यपुर थिमीमा जग्गा खरिद गर्न र २० लाख रुपैयाँ देवेन्द्र के.सी. समेत सञ्चालक रहेको'द कुटी रिसोर्ट'को कर्जा भुक्तानीमा प्रयोग गरेको देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण