रुखले च्यापिएर वृद्धको मृत्यु
मङ्गलबार, १० चैत २०८२, २० : १४
पर्वत । पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको रुखले च्यापिएर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ७५ वर्षीय पूर्णबहादुर दर्जीको आज दिउँसो मृत्यु भएको हो ।
घर नजिकै रहेको दगदगेको रुख काट्ने क्रममा सोही रुख ढलेर च्यापिँदा गम्भीर घाइते भएका दर्जीलाई उपचारका लागि प्रदेश अस्पताल पर्वतमा ल्याइएकामा चिकित्सकले तत्कालै मृत घोषणा गरेका थिए ।
रुख ढलेर च्यापिएको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वत र स्थानीय बाच्छा प्रहरी चौकीको टोली घटनास्थल पुगेको थियो । दिउँसो ४ः३० मात्रै प्रदेश अस्पतालमा ल्याइपुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दिनेश पौडेलले जानकारी दिए।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिनासँग हारको बाबजुद केप भर्डेले जित्यो फुटबल जगतको मन
-
केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश
-
रोमेरोको गोलसँगै अर्जेन्टिनाले फेरि लियो अग्रता
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
अतिरिक्त समयमा फेरि बराबरी: केप भर्डेले अर्जेन्टिनालाई पुनः झट्का दियो
-
अतिरिक्त समयमा अर्जेन्टिनाले अग्रता बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण