शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘वैकल्पिक बाटोबाट सांसद हुँदै मन्त्री बन्ने कल्पना गर्न सकिँदैन’

मङ्गलबार, १० चैत २०८२, २२ : १०
मङ्गलबार, १० चैत २०८२

सारांश

  • उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारमा आफ्नो सहभागिताबारे टिप्पणीप्रति ध्यानाकर्षण जनाएका छन्।
  • उनले गैर-सांसद व्यक्ति मन्त्री बन्न नसक्ने र सांसद नबनी मन्त्री बन्ने कल्पना नगरेको बताए।
  • घिसिङले सरकारमा सहभागिताको विषयमा अहिलेसम्म कसैसँग छलफल नभएको स्पष्ट पारेका छन्।

काठमाडौँ । उज्यालो नेपाल पार्टी(उनेपा) का अध्यक्ष कुलमान घिसिङले नयाँ बन्न लागेको सरकारमा आफ्नो सहभागिताबारे भइरहेका टिकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । 

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष घिसिङले रास्वपाको सरकारमा आफ्नो सहभागिताबारे केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा भइरहेका टिकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् । 

उनले भने,‘नेपालको संविधानअनुसार गैर–सांसद व्यक्ति मन्त्री बन्न सक्दैन भन्ने कुरा स्मरण गराउन चाहन्छु । जनताबाट प्राप्त जनादेश विपरीत अन्य कुनै पनि वैकल्पिक बाटोबाट सांसद बनेर मन्त्री बन्ने कल्पना समेत गर्न सकिँदैन।’ 

सरकारमा सहभागिताबारे अहिलेसम्म कोही सँग कुनै छलफल नभएको समेत उनले प्रष्ट पारे । 

चुनावी परिणामलाई सम्मान गरेर त्यसबाट पाठ सिक्दै उनेपालाई थप सुद‌ृढ बनाउने अभियानमा आफूहरु केन्द्रित रहेको समेत उनले बताए । 

सुशासन र समृद्धिसहितको उज्यालो नेपाल निर्माणप्रति हाम्रो प्रतिबद्धता अटल रहेको बताउँदै उनले भने,‘हाम्रा विरुद्ध फैलाइएका गलत प्रचारको भ्रममा नपर्न सम्पूर्णमा अनुरोध गर्दछु।’

kul

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप