मधेस प्रदेशमा एसइई तयारी तीव्र, ८७ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने
सारांश
- आगामी चैत १९ गतेदेखि सुरु हुने एसइई परीक्षाका लागि मधेस प्रदेशमा तयारी तीव्र पारिएको छ।
- यस वर्ष प्रदेशभरबाट ८७ हजार ५९१ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन्, जसका लागि २९९ वटा परीक्षा केन्द्र तोकिएका छन्।
- परीक्षालाई व्यवस्थित बनाउन २९९ केन्द्राध्यक्ष, ४३३ सहायक केन्द्राध्यक्ष, र सुरक्षाका लागि ४,४८५ सुरक्षाकर्मी परिचालन हुनेछन्।
जनकपुरधाम । आगामी चैत १९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि मधेस प्रदेशमा तयारी तीव्र पारिएको छ । यस वर्ष प्रदेशभरबाट ८७ हजार ५९१ जना विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् ।
शिक्षा विकास निर्देशनालय, मधेस प्रदेशका अनुसार परीक्षालाई व्यवस्थित, मर्यादित र निष्पक्ष बनाउन प्रदेशभर २९९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । ती केन्द्रहरूमा एक हजार ३१६ विद्यालयका विद्यार्थी सहभागी हुनेछन् ।
परीक्षा सञ्चालनलाई प्रभावकारी बनाउन व्यापक तयारी गरिएको निर्देशनालयले जनाएको छ । २९९ जना केन्द्राध्यक्ष, ४३३ जना सहायक केन्द्राध्यक्ष, चार हजार २३५ जना निरीक्षक, ७३४ जना परीक्षा सहायक तथा एक हजार ६०३ जना कार्यालय सहयोगी परिचालन गरिनेछ । साथै, सुरक्षाको दृष्टिले चार हजार ४८५ जना सुरक्षाकर्मी खटाइने व्यवस्था गरिएको छ ।
जिल्लागत विवरणअनुसार धनुषा जिल्लाबाट सबैभन्दा बढी १३ हजार २६२ विद्यार्थी परीक्षामा सहभागी हुनेछन् भने सबैभन्दा कम सप्तरी जिल्लाबाट ९ हजार २७६ विद्यार्थी सहभागी हुनेछन् । सप्तरीका १६२ विद्यालयका विद्यार्थीले परीक्षा दिनेछन् ।
त्यस्तै, सिरहाबाट ११ हजार ३८, महोत्तरीबाट ११ हजार ३५१, सर्लाहीबाट ११ हजार ३७१, रौतहटबाट ९ हजार ७७७, बाराबाट १० हजार ८१३ तथा पर्साबाट १० हजार ७०३ विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।
निर्देशनालयका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष सहभागी विद्यार्थीको संख्या घटेको छ । गत वर्ष ८८ हजार ८५८ विद्यार्थी सहभागी भएकोमा यस वर्ष एक हजार २६७ जना कम भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण