बलिउड अभिनेत्री सोनलद्वारा पशुपतिनाथको दर्शन
बुधबार, ११ चैत २०८२, १३ : २६
सारांश
- बलिउड अभिनेत्री सोनल चौहानले काठमाडौँको पशुपतिनाथ मन्दिरको दर्शन गरेकी छिन्।
- उनले सन् २००८ मा 'जन्नत' फिल्मबाट डेब्यु गरेकी थिइन् र उनी 'मिस वर्ल्ड टुरिज्म' विजेता हुन्।
- सोनलले पशुपतिनाथ भ्रमणका तस्बिरहरू फेसबुकमा सार्वजनिक गरेकी छिन्।
काठमाडौँ । चर्चित बलिउड अभिनेत्री सोनल चौहानले बुधबार काठमाडौँको प्रसिद्ध पशुपतिनाथ मन्दिरको दर्शन गरेकी छन्। सन् २००८ मा अभिनेता इमरान हासमीसँग 'जन्नत' फिल्मबाट बलिउडमा डेब्यु गरेर चर्चामा आएकी सोनलले आफ्नो नेपाल भ्रमणका क्रममा पशुपतिनाथ पुगेर पूजाआजा गरेकी हुन्।
उत्तर प्रदेशको राजपूत परिवारमा जन्मिएकी सोनल सन् २००५ मा 'मिस वर्ल्ड टुरिज्म' को उपाधि जित्ने पहिलो भारतीय सुन्दरी समेत हुन्। मोडलिङ र गायनमा समेत सक्रिय रहेकी उनले पशुपतिनाथ भ्रमणका केही तस्बिरहरू आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेकी छन्। तस्बिरहरूमा उनी आध्यात्मिक अवतारमा देखिएकी छन् ।
उनले लेखेकी छन्, ‘कर्ता करे ना कर सके, शिव करे सो होए….तीन लोक नौ खंड में, महादेव से बड़ा ना कोय….ॐ नमः शिवाय’









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण