विदेशी कामदारका लागि नियम कडाइ गर्दै मलेसिया
सारांश
- मलेसिया सरकारले विदेशी कामदारसम्बन्धी नियम कडा बनाउने निर्णय गरेको छ।
- नयाँ नियमअनुसार, जुनदेखि विदेशी कामदारको न्यूनतम तलबको सीमा बढाइनेछ र भिसाको अवधिमा पनि सीमा तोकिनेछ।
- यो निर्णयले मलेसियामा बसोबास गर्दै आएका व्यवसायीहरूमा अनिश्चितता ल्याएको छ, जसले गर्दा दीर्घकालीन योजना बनाउन कठिनाइ भएको छ।
क्वालालम्पुर । मलेसिया सरकारले विदेशी कामदारसम्बन्धी नियम कडा बनाउने निर्णय गरेको छ । मलेसिया सरकारको उक्त निर्णयले देशबाट दक्ष जनशक्ति बाहिरिने (ट्यालेन्ट फ्लाइट) हो कि भन्ने चिन्ता बढेको छ ।्
नयाँ व्यवस्थाअनुसार आगामी जुनदेखि विदेशी कामदारले भिसा प्राप्त गर्न आवश्यक न्यूनतम तलबको सीमा झन्डै दोब्बर बनाइनेछ । साथै, रोजगारदाताले एउटै कामदारको भिसा कति समयसम्म प्रायोजन गर्न पाउने भन्नेमा पनि सीमा तोकिनेछ ।
यस निर्णयले आफ्नो दीर्घकालीन योजनामा अनिश्चितता ल्याएको एक दशकभन्दा बढी समयदेखि मलेसियामा बस्दै आएका भारतीय मूलका एक व्यवसाय परामर्शदाताले बताएको भन्दै अल जजिराको समाचारमा उल्लेख छ । “पाँच वर्ष पार गरेपछि मलेसिया दीर्घकालीन बसोबासका लागि उपयुक्त लाग्थ्यो,” उनले भने, “तर अचानक आएको यो निर्णयले घर किन्ने वा भविष्यको योजना बनाउने विषयमै शङ्का पैदा गरिदिएको छ ।”
सन् १९६० को दशकमा बेलायतबाट स्वतन्त्र भएपछि तीव्र आर्थिक विकास गरेको मलेसिया लामो समयदेखि विदेशी श्रमिकका लागि आकर्षक गन्तव्य रहँदै आएको छ । हाल मलेसियामा नाम दर्ता भएका करिब २१ लाख विदेशी कामदार रहेका छन् । जसमा धेरैजसो न्यून तलबमा श्रम क्षेत्रमा संलग्न छन् । यद्यपि, उच्च तलब पाउने विदेशी दक्ष जनशक्तिको सङ्ख्या कम भए पनि यिनीहरूले अर्थतन्त्रमा ठुलो योगदान पुर्याउँदै आएका छन् ।
त्यहाँका गृह मामिला मन्त्री सैफुद्दीन नासुशनका अनुसार करिब १ लाख ४० हजार उच्च आय भएका विदेशी विशेषज्ञहरूले सन् २०२४ मा अर्थतन्त्रमा करिब ७५ अर्ब रिंग्गिटको योगदान दिएका थिए । उनीहरुले करिब १० करोड रिंग्गिट कर तिरेका थिए ।
अत्यधिक रूपमा कम दक्ष विदेशी कामदारमा निर्भर रहँदा नयाँ प्रविधि अपनाउन अवरोध पुगेको भन्दै सरकारले सुधार आवश्यक भएको जनाएको छ । सन् २०२५ को पञ्चवर्षीय राष्ट्रिय नीति रणनीतिमा पनि यही विषयलाई जोड दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण