पति छोडेर प्रेमीसँग बसेकी महिलाका दुई नाबालिग छोरी भए गर्भवती, खुल्यो यस्तो रहस्य
सारांश
- गुजरातमा एक महिलाले सम्बन्ध विच्छेद गरेर प्रेमीसँग बस्दै गर्दा सौतेनी छोरीहरू बलात्कृत भए।
- आमाले छोरीको स्वास्थ्य जाँच गराउँदा उनीहरू गर्भवती भएको पत्ता लाग्यो, जसपछि घटना सार्वजनिक भयो।
- प्रहरीले पीडित परिवारको उजुरीको आधारमा अभियुक्तलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।
काठमाडाैँ । भारतको गुजरातमा नाता, प्रेममै धब्बा लाग्ने एउटा घटना प्रकाशमा आएको छ । यो घटनाले समाजलाई पनि झस्काइदिएको छ । गुजरातको नवसारी जिल्लाको ग्रामीण क्षेत्र निवासी एक महिला आफ्नो पतिसँग सम्बन्ध बिच्छेद गरी प्रेमीसँग ‘लिभ इन रिलेशनशिप’मा बस्दै आएकी थिइन् ।
उनीसँग १२ र १३ वर्षका दुई छोरी पनि थिए, जो पूर्वपतितर्फका सन्तान हुन् ।
भारतीय सञ्चारमाध्यमले उल्लेख गरे अनुसार आमाको प्रेमी भनिएका पुरुषले ती दुवै सौतेनी छोरीलाई दाउरा खोज्ने बहानामा जङ्गलमा लैजाने र दुवैलाई बलात्कार गर्दै आएका थिए ।
यसै क्रममा १२ वर्षीय किशोरीले पेट दुखेको बताएपछि स्वास्थ्य परीक्षणका लागि उनकी आमाले अस्पताल लगेकी थिइन् । चिकित्सकले ती किशोरी पाँच महिनाको गर्भवती रहेको बताएपछि उनकी आमा छाँगाबाट खसेझैँ भइन् ।
बहिनीको अवस्था देखेर दिदी भावुक बनिन् र कथित सौतेनी पिताको करतुतबारे आमालाई बताइन् । उनले आफूलाई पनि सौतेनी पिताले पटक–पटक बलात्कार गरेको सुनाइन् ।
त्यसपछि जेठी छोरीको स्वास्थ्य परीक्षण गर्दा उनीसमेत दुई महिनाको गर्भवती रहेको तथ्य प्रकाशमा आयो ।
आमा–छोरीले नै यसबारे प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको छ । प्रहरीले पीडित परिवारको परिचय खुलाएको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
-
सबै व्यक्तिमाथि कानुन समान रूपमा लाग्नुपर्छ, विभेदकारी छानबिन मानिँदैन : नेता दाहाल
-
समाजमा बढ्दो निराशा चिर्न सरकार र प्रतिपक्ष मिलेर अघि बढ्नुको विकल्प छैन : उपसभापति शर्मा
-
बागमती सरकारबाट बाहिरिँदै एमाले, राजीनामा दिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण