हेटौँडा यातायातका अधिकृत र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सारांश
- अख्तियारले यातायात व्यवस्था कार्यालय, हेटौँडाका अधिकृत र एक बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
- उनीहरूले सवारी साधनको सरुवा सहमति बनाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएका थिए।
- अख्तियारले दुवै जनालाई ११ हजार ५ सय रुपैयाँ बिगो कायम गरी जरिवाना र कैद सजायको माग गरेको छ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, हेटौँडाका अधिकृत (छैटौँ) अमृत भेटुवाल र लेखापढी व्यवसायी (बिचौलिया) खगेन्द्र पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सवारी साधनको सरुवा सहमति बनाइदिने भन्दै सेवाग्राहीसँग ११ हजार ५ सय रुपैयाँ घुस लिएको आरोपमा उनीहरूविरुद्ध आज काठमाडौँस्थित विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो।
यसअघि अख्तियारको हेटौँडा कार्यालयबाट खटिएको टोलीले बिचौलिया पौडेलले सेवाग्राहीबाट उक्त रकम लिइसकेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा अधिकृत भेटुवाल र बिचौलिया पौडेलको आपसी मिलेमतो र पूर्वयोजनामै घुस लेनदेन भएको पुष्टि भएको अख्तियारले जनाएको छ। आयोगले दुवै जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम ११ हजार ५ सय रुपैयाँ नै बिगो कायम गरी सोही बराबरको जरिवाना र कैद सजायको मागदाबी गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण