संसदमा शपथ लिएर बालेन किन पुगे सर्वोच्च अदालत ?
सारांश
- रास्वपा नेता बालेन शाहले सर्वोच्च अदालतमा अवहेलना मुद्दाको तारिख बुझेका छन्।
- उच्च अदालतको आदेशपछि सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा उनीमाथि मुद्दा परेको हो।
- सर्वोच्चले वारेस राख्न अस्वीकार गरेपछि बालेन स्वयं अदालतमा उपस्थित भएका थिए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सर्वोच्च अदालत पुगेर अवहेलना मुद्दामा तारिख बुझेका छन् । सिंहदरबारमा सांसदको शपथ लिएपछि सोही पोसाकमै सर्वोच्च आएर उनले तारेख बुझेको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।
तीन वर्षअघि उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्म नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेपछि बालेन आक्रोशित भएका थिए । उनले सामाजिक सञ्जालमार्फत छिमेकी मित्रराष्ट्र भारतसँग अदालत र सरकारलाई जोडेर आपत्तिजनक लाञ्छना लगाएको जिकिरसहित अधिवक्ता वर्षाकुमारी झाले बालेन विरुद्ध अवहेलना मुद्दा दर्ता गरेकी थिइन् ।
यो मुद्दामा सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुयाँलको संयुक्त इजलासले तारिखका लागि वारेस राख्न बालेनको मागअनुसार अनुमति दिन अस्वीकार गरेको छ । सर्वोच्चले मुद्दाको तारिखमा स्वयम् हाजिर हुन भनेका कारण बालेन आफैँ सर्वोच्चमा उपस्थित भएका हुन् ।
बालेनले त्यतिबेला सामाजिक सञ्जालमा लेखेका थिए, ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्ने वाला छैन । फिल्म लेखकले नेपाल भारत को अधीनमा थियो भनी सके पछि उनीहरू को नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधीनमा थियो, अदालत र सरकार भारत को गुलाम भएको बुजिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण