बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सिरहामा वडाध्यक्षले सचिवलाई कुटेपछि...

बिहीबार, १२ चैत २०८२, १८ : ४४
बिहीबार, १२ चैत २०८२

सारांश

  • सिरहाको नगरहा गाउँपालिकाका वडाध्यक्षले वडा सचिवलाई कुटपिट गरेका छन्।
  • भारतीय बुहारीको जन्म मिति सच्याउन दबाब दिएपछि कुटपिट गरेको सचिवको भनाइ छ।
  • सचिवले घटनाबारे जानकारी गराउन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतकहाँ पुगेका छन्।

सिरहा । सिरहाको नगरहा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्षले आफ्नै सचिवलाई कुटपिट गरेका छन् । बिहीबार वडाध्यक्ष रुस्तम अन्सारीले वडा सचिव रामदेव मण्डललाई कार्यकक्षमै कुटपिट गरेका हुन् ।  

भारतीय मूलका नेपाली बुहारीको जन्म तिथि र जन्म प्रमाणित सिफारिसमा फरक–फरक जन्म मिति सच्याउन अध्यक्षले दिएको दबाब नमाने पछि आफूमाथि कुटपिट गरिएको सचिव मण्डलले जानकारी दिए । 

उनले भने, ‘एक जना भारतीय बुहारी भएको सेवाग्राही विवाह दर्ता गराउन आउनु भएको थियो,  उहाँको जन्म दर्ता र सिफारिसमा जन्म तिथि फरक भएकोले मैले उतैबाट सच्याएर ल्याउन भने, वडाध्यक्षले तपाई नै सच्याउनुस् भन्ने दबाब दिए। मैले सच्याउन मिल्दैन, उतैबाट सच्याएर ल्याउनु पर्छ भनेपछि ममाथि कुर्सी प्रहार गरियो र हातपात समेत भयो ।’ अध्यक्षले एक्कासि म माथि कुर्सी बजारे र मुक्का पनि हिर्काए । मैले राम्रोसँग बोल्न पनि पाइनँ ।’

उनले अहिले आफू गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई घटनाबारे जानकारी गराउन आएको जानकारी दिए । उनले भने, ‘म अहिले गाउँपालिका कार्यालयमा आएको छु, प्रमुखलाई घटनाबारे जानकारी गराएको छु। कस्तो रेसपोन्स आउँछ त्यसपछि के गर्ने भन्ने विषयमा सोच्ने छु।’

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत उदित्य कुमार कर्णलाई यसबारे जिज्ञासा राख्दा उनले घटनाबारे बुझ्ने प्रयास भइरहेको बताए । यता गाउँपालिका अध्यक्ष रामप्रमोद यादवले भने आफूले घटनाबारे विस्तृतमा बुझ्न नपाएको बताए । 

वडाध्यक्ष अन्सारीले भने आफू अहिले गाउँपालिकामै बैठकमा भएको भन्दै बोल्न मानेनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप