नेपाल प्रहरीका १७ सय ८२ हवल्दारको एकैपटक सरुवा (सूचीसहित)
सारांश
- प्रहरी प्रधान कार्यालयले १,७८२ जना प्रहरी हवल्दारहरूको सरुवा गरेको छ।
- सरुवा भएका हवल्दारहरूले चैत महिना देखि नयाँ दरबन्दीबाट तलब र भत्ता पाउनेछन्।
- कार्यालयले सरुवा विवरण अद्यावधिक गर्न मन्त्रालयलाई पत्र पठाएको छ र मातहतका कार्यालयहरूलाई निर्देशन दिएको छ।
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ठुलो सङ्ख्यामा प्रहरी हवल्दारहरूको सरुवा गरेको छ । प्रधान कार्यालय, मानवश्रोत विकास विभाग (कर्मचारी प्रशासन शाखा) ले बिहीबार एकैपटक १ हजार ७ सय ८२ जना प्रहरी हवल्दारको सरुवा गरेको हो ।
विभागले आवश्यकता अनुसार जनपद प्रहरी समूहतर्फका हवल्दारहरूलाई विभिन्न कार्यालयहरूमा सरुवा गरेको जनाएको छ । २०८२ साल चैत १२ गतेको निर्णयअनुसार सरुवा भएका उनीहरूले आगामी चैत महिना देखिको तलब र भत्ता सरुवा भई गएको दरबन्दीबाटै पाउने व्यवस्था मिलाइएको छ ।
प्रहरी प्रधान कार्यालयले सरुवाको विवरणसहित आवश्यक अभिलेख अद्यावधिक गरिदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय कितावखाना (प्रहरी) लैनचौरलाई पत्रचार गरिसकेको छ ।
साथै, सरुवा भएका हवल्दारहरूलाई सम्बन्धित कार्यालयहरूमा खटाउन र सोको जानकारी गराउन मातहतका सबै प्रहरी कार्यालयहरूलाई बोधार्थमार्फत निर्देशन दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण