आईपीएल २०२६ को पूर्ण तालिका : मुम्बईको चेन्नई र बेंग्लुरुसँग दुईपटक भिडन्त हुने
सारांश
- इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करणको तालिका बीसीसीआईले सार्वजनिक गरेको छ।
- यस सिजनमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स लिग चरणमा दुई पटक भिड्नेछन्।
- खेलहरू भारतका १२ विभिन्न स्थानमा हुनेछन्, जसमा फाइनल खेल मे ३१ मा हुने सम्भावना छ।
नयाँ दिल्ली । विश्वकै लोकप्रिय क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करणको पूर्ण तालिका भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले बिहीबार सार्वजनिक गरेको छ। सार्वजनिक नयाँ तालिका अनुसार यसपटक क्रिकेटका दुई महारथी टोलीहरू मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सबिच लिग चरणमा दुईपटक प्रतिस्पर्धा हुने भएको छ।
प्रतियोगिता आगामी मार्च २८ देखि सुरु हुनेछ, जहाँ उद्घाटन खेलमा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले सनराइजर्स हैदराबादको सामना गर्नेछ। बीसीसीआईले यसअघि सिजनको केही भागको मात्र तालिका सार्वजनिक गरेकोमा अहिले प्ले-अफका खेलहरूबाहेक लिग चरणका सबै खेलहरूको मिति र स्थान तय गरेको छ।
यस वर्ष टोलीहरूलाई उनीहरूले जितेको उपाधिको संख्याका आधारमा दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा चेन्नई (५ उपाधि), कोलकाता नाइट राइडर्स (३), राजस्थान रोयल्स (१), रोयल च्यालेन्जर्स बेंग्लुरु (१) र पञ्जाब किंग्स रहेका छन्। समूह ‘बी’ मा मुम्बई (५), सनराइजर्स हैदराबाद (१), गुजरात टाइटन्स (१), दिल्ली क्यापिटल्स र लखनऊ सुपर जायन्ट्स रहेका छन्।
यसपटकको आईपीएलमा खेलको ढाँचामा परिवर्तन गरिएको छ। विगत तीन वर्षदेखि एउटै समूहका टोलीहरूले आपसमा दुईपटक र अर्को समूहका टोलीसँग एकपटक मात्र खेल्ने नियम थियो। तर यस वर्ष त्यसलाई उल्ट्याउँदै एउटै समूहका टोलीहरूले आपसमा एकपटक र अर्को समूहका टोलीहरूसँग दुईपटक खेल्नेछन्। यही नियमका कारण मुम्बई र चेन्नईबिच अप्रिल २३ मा मुम्बईमा र मे २ मा चेन्नईमा दुईवटा खेल हुने तय भएको हो। त्यसैगरी, मुम्बई र बेंग्लुरुबिच पनि अप्रिल १२ मा मुम्बईमा र मे १० मा रायपुरमा दुईवटा खेल हुनेछन्।
प्रतियोगिताको लिग चरणका ७० खेलहरू भारतका १२ विभिन्न स्थानमा सञ्चालन हुनेछन्। यसपटक बेंग्लुरुले रायपुरलाई आफ्नो दोस्रो घरेलु मैदानका रूपमा रोजेको छ भने धर्मशालाको मैदान पनि तालिकामा फर्किएको छ। गत वर्ष भारत र पाकिस्तानबिचको सीमा तनावका कारण दिल्ली र पञ्जाबबीचको खेल धर्मशालामा हुन सकेको थिएन, तर यस वर्ष मे ११ मा सोही मैदानमा यी दुई टोली भिड्नेछन्।
तालिका अनुसार १२ वटा दिउँसोका खेलहरू हुनेछन्, जसमा पञ्जाब, हैदराबाद र दिल्लीले सर्वाधिक तीन-तीन खेल दिउँसो खेल्नुपर्नेछ। प्रतियोगिताको लिग चरण मे २४ सम्म चल्नेछ भने फाइनल खेल मे ३१ मा हुने सम्भावना छ।
बीसीसीआईले प्ले-अफ र फाइनल खेलको आधिकारिक मिति र स्थान भने अझै घोषणा गरेको छैन। मार्च २८ देखि सुरु हुने यो क्रिकेटको महाकुम्भले आगामी दुई महिनासम्म विश्वभरका क्रिकेट प्रेमीहरूलाई मनोरञ्जन दिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू सार्वजनिक
-
रेडक्रसमा भण्डारीको नेतृत्वमा नौ सदस्यीय तदर्थ समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण