मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पदभारपछि गृहमन्त्री सुधन गुरुङले के गरे निर्णय ?

शुक्रबार, १३ चैत २०८२, १५ : २६
शुक्रबार, १३ चैत २०८२

सारांश

  • नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरे।
  • उनले गृह मन्त्रालयका काम एकद्वार प्रणालीबाट गर्ने निर्णय गरे।
  • मन्त्री गुरुङले भीआईपी मुभमेन्टबाट जनतालाई सास्ती नहुने गरी ट्राफिक व्यवस्थापन मिलाउन निर्देशन दिए।

काठमाडाैँ । नवनियुक्त गृह मन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण लगत्तै मन्त्री गुरुङ सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् । 

पदभार ग्रहणपछि मन्त्री सुधन गुरुङले गृह मन्त्रालय र मातहतका निकायबाट हुने काम एकद्वार प्रणालीबाट गर्ने निर्णय गरेका छन् । 

मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार भीआईपी मुभमेन्टबाट जनताले सास्ती नपाउने गरी ट्राफिक व्यवस्थापन मिलाउन मातहतका निकायलाई निर्देशन समेत दिएका छन् । त्यस्तै उनले जनताका काम फास्ट ट्रयाकमा गर्ने प्रतिबद्धता जनाएका छन् । 

जेनजी आन्दोलनको म्यान्डेट अनुसार काम गर्ने बताएका उनले केही जनतामा केही समस्या भए प्रहरीलाई टिपाउन र त्यसलाई गृह मन्त्रालयको समन्वयमा सम्बोधन गरिन बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप