इन्धन मूल्यवृद्धिले यातायात व्यवसाय संकटमा, भाडा समायोजनको माग
सारांश
- पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण यातायात व्यवसायीहरूले व्यवसाय सञ्चालन गर्न कठिनाइ भएको गुनासो गरेका छन्।
- व्यवसायीहरूले भाडा समायोजन र स्वदेशी व्यवसायीको संरक्षणका लागि सरकारलाई नीति बनाउन आग्रह गरेका छन्।
- कार्यक्रममा सहभागी वक्ताहरूले यातायात क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा चित्रण गर्दै यसको सुधारको लागि राज्यको ध्यान आवश्यक भएको बताए।
बुटवल । पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धिले यातायात क्षेत्र गम्भीर संकटमा परेको भन्दै व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् ।
भैरहवामा आज आयोजित लुम्बिनी ट्रक यातायात व्यवसायी संघको १४औँ वार्षिक साधारणसभामा वक्ताहरूले बढ्दो इन्धन मूल्यका कारण व्यवसाय सञ्चालन गर्नै कठिन बनेको बताएका छन् । उनीहरूले वर्तमान परिस्थितिमा राज्यले तत्काल ध्यान नदिए यातायात सेवा नै प्रभावित हुने चेतावनी दिएका छन् ।
कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी संघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले नीति निर्माण तहमा रहेका व्यक्तिहरूले यातायात व्यवसायीका वास्तविक समस्या नबुझेको आरोप लगाए । उनले इन्धन मूल्यसँगै मर्मत, बीमा, कर लगायतका खर्चसमेत बढ्दै गएको उल्लेख गर्दै यसले व्यवसाय धान्नै कठिन बनाएको बताए ।
'हामीले दिनदिनै घाटा सहेर सवारी चलाउनुपरेको अवस्था छ,' उनले भने, 'सरकारले समयमै भाडा समायोजन नगर्दा व्यवसायी थप समस्यामा परेका छन् ।' उनले ट्राफिक प्रहरीको तथ्यांक उद्धृत गर्दै नेपालमा दैनिक करिब सात जनाको सडक दुर्घटनामा मृत्यु हुने गरेको जानकारी दिए । यस्तो अवस्थामा दुर्घटना हुँदा सवारीधनीले ठुलो आर्थिक भार व्यहोर्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो ।
यसैबीच, लुम्बिनी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष रुमाखर गौतमले मुलुकमा भइरहेका राजनीतिक तथा नीतिगत परिवर्तनहरूले पनि यातायात क्षेत्र प्रभावित भइरहेको बताए । उनले सरकारलाई यस्तो अवस्थाको नियन्त्रण गर्न आग्रह गर्दै स्वदेशी व्यवसायी संरक्षणका लागि स्पष्ट नीति ल्याउनुपर्ने बताए ।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष विष्णुप्रसाद खरेलले नयाँ सरकारले यातायात क्षेत्रका समस्या समाधानमा चासो दिने विश्वास व्यक्त गरे । उनले सरकारले व्यवसायीका समस्या बुझेर समाधानमुखी नीति ल्याउने अपेक्षा गरेको बताए ।
कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिलीप कान्दु, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठ तथा सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल ज्ञवाली लगायतले यातायात क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा व्याख्या गर्दै यसको सुदृढीकरणका लागि राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण